नौ लाख रुपैयाँसहित बाँके निकुन्जका प्रमुख नियन्त्रणमा «

नौ लाख रुपैयाँसहित बाँके निकुन्जका प्रमुख नियन्त्रणमा

नेपालगन्ज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृतसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई स्रोत नखुलेको स्रोत नखुलेको करिब ९ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले स्रोत नखुलेको ३ लाख ४८ हजार नगद र ५ लाख ५५ हजार रुपैयाँको बिभिन्न मितिको बैंक भौचरसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा.२ झ. १८७३ नं. को गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा सैनामैना नगरपालिका– १० रुपन्देहीबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाप्रमुख संरक्षण अधिकृत भट्टराई र सहायक संरक्षण अधिकृत रोकायमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्