भोजपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु ५ घाइते «

भोजपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु ५ घाइते

भोजपुर- ट्र्याक्टर दुर्घटना हुँदा भोजपुरमा एकजनाको मृत्यु भएको छ । जिल्लाको दक्षिणी आमचोक गाउँपालिका–३ हागातुङ वयाङ सडक खण्डमा दुर्घटना हुँदा चालक दीपक कुँवरको मृत्यु भएको हो । आइतबार प्रदेश नं १,०२,००३ त ५८८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा आमचोक गाउँपालिका–३ बस्ने वर्ष १४ को नवहाङ राई, ४० वर्षीय टंक कुँवर, १६ वर्षीय विकास कुँवर, आम्चोक गाउँपालिका–६ बयाङका १८ वर्षीय नकुल राई र १८ वर्षीय भरत राई छन् ।
स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा चालक २८ वर्षीय दीपक कुँवरको मृत्यु भएको हो । ट्र्याक्टरमा सवार अन्य ३ लाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको र र अन्य २ को भने स्थानीय स्वास्थ्य संस्थामा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्