पढाइको भूत सवार भएपछि ९६ वर्षमा स्नातक «

पढाइको भूत सवार भएपछि ९६ वर्षमा स्नातक

इटाली-कुनै पनि काम गर्नका लागि मानिसको निश्चित किसिमको उमेर हुन्छ । विवाह, पढाई, जागिर आदि सबै मानिसको उमेरमा निर्भर रहन्छ । तर मानिसमा कुनै कुराको अभिलाषा लागेपछि उसले त्यो पुरा गर्नका लागि हरदम प्रयास गर्छ र यसलाई उसको उमेरले छेक्दैन । यस्तै अभिलाषा बोकेका इटालीका गिउसेप्से पटेर्नोले ९६ वर्षको उमेरमा स्नातक गरेका छन् । उनले जीवनमा कयौ परीक्षा दिए । बाल्यकालमा गरिबी, युद्ध र हालमा कोरोनाभाइरसको महामारीको सामना गरेका उनले एक अर्को परीक्षा उत्र्तीण गरेका छन् । ९६ वर्षको उमेरमा स्नातकको परीक्षा पास गरेपछि उनी इटालीको विश्वविद्यालयबाट उत्र्तीण हुने सबैभन्दा पाको उमेरका व्यक्ति भएका छन् । यसै साता पूर्व रेलकर्मीले स्नातक गरेपछि परम्परागत ‘व्रेथ’ पुरस्कार प्राप्त गरेका छन् ।
यो अवसरमा उनको परिवारका सदस्य, शिक्षक तथा करिब ७० वर्षसम्म कनिष्ठ (जुनियर) रहेका विद्यार्थीहरुले उनको सराहाना गरेर हौसला प्रदान गरेका छन् । यती पाको उमेरमा स्नातक गर्दा तपाईलाई कस्तो लागेको छ भनि सोधिएकोमा उनले भने,“अन्य जस्तै म पनि सामान्य मानिस हुँ । उमेरको मामिलामा मैले बाँकि सबैलाई पछाडि पारिसकेको छु् । तर मैले यसका लागिनै भने स्नातक गरेको होइन ।”
उनी पलेर्मो विश्वविद्यालयमा इतिहास र दर्शनशास्त्रमा स्नातकोत्तर (मास्टर्स डिग्री) का लागि भर्ना भएको थिए । उनलाई पहिलेदेखिनै किताब पढ्न मन पर्दथ्यो । तर उनलाई कहिले पढाई पुरा गर्ने अवसर मिलेन । उनी पलेर्मोको सिसिली सहरमा आफ्नै अपार्टमेन्टमा बस्दै आएका छन् । आफ्नो उमेरका कारण कहिलेकाहीँ मात्रै बाहिर निक्लने गर्दथे । उनले भने,“मैले सोचेकी पढाई पुरा गर्ने अवसर यात अहिलेनै छ, छैन भने कहिले पनि छैन । यसैले २०१७ मा मैले नामांकन गर्ने पैmसला गरे ।”
विश्वविद्यालयका चान्सलर फेब्रिजियोले कक्षाम पहिलो स्थान हासिल गरेको र स्नातक गरेकोमा बधाई दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्