जोन्टा क्लबको आयोजनामा घरेलु हिंसाविरुद्ध डिजिटल प्यानल सेसन «

जोन्टा क्लबको आयोजनामा घरेलु हिंसाविरुद्ध डिजिटल प्यानल सेसन

जोन्टा क्लब काठमाडौंले विशेष गरी लकडाउनपछि महिलाविरुद्ध हुने घरेलु हिंसाको बढ्दो घटनाहरुको प्रतिकृयाको रुपमा बन्द ढोका पछाडि : कोभिड—१९ को समयमा घरेलु हिंसाको सत्यता शीर्षकमा डिजिटल प्यानल सेसनको आयोजना गरेको छ ।
यस सेसनको उद्देश्य लकडाउनको दौरान महिलाविरुद्ध हुने हिंसाको बढ्दो घटनाको समाधान खोज्ने र जागरुकता ल्याउने रहेको थियो । मुद्दामा समग्र समिक्षा प्रदान गर्ने यो पहिलो ससशन थियो । नेपाल सरकारले कोभिड—१९ को फैलावटलाई कम गर्न चैत १०, २०७६ बाट देशव्यापी लकडाउन लागू गरेको थियो । यससँगै महिला र केटीहरु विरुद्ध हुने हिंसा विशेष गरी घरेलु हिंसाका घटनाहरु ४० प्रतिशतले वृद्धि भएका छन् ।
कार्यक्रममा यूएनको महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्मूलन महासन्धि समितिकी उपाध्यक्ष तथा प्यानलकी एक वक्ता बन्दना राणाले भनिन्, “कोभिड—१९ महामारीले विश्वव्यापी रुपमा विनाश ल्याएको छ र साथै अर्को प्रकारको संकट ल्याएको छ जसलाई यूएनले छाँया महामारी घोषणा गरेको छ । छाँया महामारीले कोभिड—१९ को बीच बढेका घरेलु हिंसालाई जनाउँछ जसलाई प्राथमिकता र सम्बोधन गर्न आवश्यक छ ।”
जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष जोन्टियन सीमा गोल्छाले भनिन्, “जोन्टा क्लब काठमाडौंको उद्देश्य शारीरिक र मानसिक रुपमा घरेलु हिंसाबाट पिडित महिला र केटीहरुको आवभगत गर्नु हो जो लकडाउनका कारण अपराधीहरुसंग फसेका छन् । डिजिटल प्यानल सेशनमार्फत हामी यस्ता घटनाहरुलाई मिडियामा अगाडि ल्याउँन चाहन्छौं ताकि कार्य र समाधान बाहिर आउन सकोस् ।”
कार्यक्रमकको सहजीकरण डीसी नेपाल डटकमकी सल्लाहकार-सम्पादक तथा राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त यशोदा तिमसिनाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्