बाँदरको पिरले बसाई सर्दै «

बाँदरको पिरले बसाई सर्दै

तेह्रथुम-बाक्लो बस्ती छैन । घर भए पनि केही टाढा टाढा छन । जंगल नजिकै गाउँ छ । सुबिधाको खोजीमा भएका घरवालाहरू पनी पातलिन्दै गएका छन् । भएका सबै जग्गा जमिन बाँझिन्दै गएका छन् । टारीखेतदेखि फाँटिला टारहरू यतिबेला झोरझाँडी जंगल झै बनेका छन् । एक्लो दोक्लो हिँड्नै डर लाग्ने जंगलका रुपमा लिन थालेका छन । मलिला र ओसिलो टाउँतिर उतिसका बिरुवा हुर्किन थालेका छन् । खेतीयोग्य जमिन नभएको भने पक्कै होइन । केही वर्षअघिसम्म यही खेतबारीमा फलाएको अन्नबालीबाट राम्रो आम्दानी हुन्थ्यो । आफूले खाएर बचेको अन्नले परिवारको गर्जाे टार्न मुस्किल थिएन तेह्रथुम छथर गाउँपालिकाका केही बस्तीका नागरिकहरूलाई । समयसँगै मानवबस्ती पातलिन्दै जाँदा बाँदरको हैरानीको पिर थपिएको छ । दैबिक प्रकोप, प्राकृतिक प्रकोपपछि यहाँका स्थानीयहरूका लागि वन्यजन्तुको आंतक पनि एक प्रकोप बनेको छ ।
वर्षदिनमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि नागरिक बसाई सर्ने विकल्प खोज्न थालेका छन् । तमोर नदीसँगै जोडिएका बस्तीहरूमा बाँदरका हुलहरूले अन्नबाली सखाप पारेको वर्षांै भयो तर समस्याको समाधानको निम्ती स्थानीय सरकारले ध्यान नदिएको छथर–२ का भीमबहादुर थापाले बताए । मेहनत परिश्रम गरी परिवार धान्न लगाएको बाली नै सखाप पार्न थालेपछी विकल्प नै बसाईसराई बन्न थालेको हो । जंगली जनावरको ज्याजतीले वर्षौ देखि यहाँका किसाानहरू त्रसित छन् । बन क्षेत्रहरू सँगै जोडिएको बस्तीहरू जंगली जनावरकाहरूको ज्याजतिले स्थानीयहरूलाई दिनदिनै झनै समस्या निम्त्याएको हो ।
जंगली जनवारमा पनि विशेष गरी बाँदरले पछिल्लो समयमा घरभित्र छिरेर घरमा जोहो गरेर राखेको मकै, कोदो, आलु, जस्ता अन्नपातहरू नस्ट गर्न थालेपछि स्थानीयवासी हैरानी हुँदै आएको शेरबहादुर कार्कीले बताए । “भएको सबै जमिन बाँझो भईसक्यो थोरै जमिनमा लगाएको बाली पनि सखाप परे अब बसाई सर्ने तयारीमा छु,” उनले भने । पहिले बारीमा लगाएका अन्नबालीहरू संकलन गर्नलाई बारीमा बाँदर लखेट्न रुगालु बस्नु पथ्र्यो तर अहिले घरभित्र छिरेर अन्नपात साथै खाना पकाएको भाडा समेत बोक्न थाले पछि गाउभरी नै बांदरको आतंक बढेको कर्णबहादुर लिम्बूले बताए ।
लिम्बुका अनुसार अहिले अनिवार्य दिनभर घरमा बादर लखेट्न घर रुगालु बस्नु पर्ने बाध्यता छ । बाँदर आतंकले स्थानीयले बारीमा लगाएको आलु, तोरी, तरकारीहरू, उखुलगायतका बालीमा बाँदरले उखाल्ने, चुटाउने, जथाभावी खोतल्ने, मकैको थाग्रोमा चढेर मकै खाने र पाक्न लागेकावालीहरू खाने गरेको छ । बादंरको ज्याजति अत्यन्तै बढेकाले बसाई सर्नेहरू बढ्दो छ । गतबर्ष मात्रै दर्जन बढी यहाँका स्थानीय बसाई सरी अन्यात्र गएका छन । बासुुदेव भट्टराई, राजन भट्टराई, भीम थापा, भक्तबहादुुर कार्कीलगायत धेरै परिवार बसाई सरी अन्यात्र गई सकेका छन् । बसाई सर्ने ठाउँहरू भए र आफूमा बसाई सर्ने स्रोत भए तुरुन्त गाउँका १० घरधरी जती बसाई सर्ने मनस्थीतिमा रहेका तर बसाई सर्ने अनुकूलता नभएकाले बाँदरको ज्याजति सहेर बस्न वाध्य भएको पीडितहरू बताउँछन् ।
तमोरले छोएका जंगल र बस्तीहरूमा सुक्खा बढेसँगै जंगली जनावारहरूको आहारा कम हुन थालेकाले अहिले जंगली जनावारहरू बस्ती नजिक हुदै घर सम्म आउन थालेको स्थानियवासीहरूको भनाई छ । किसानहरूको समस्यालाई समाधानको निम्ति छथर गाउँपालिकाले बाँदर नियन्त्रण गर्नका लागि आवाजजन्य सामग्री परीक्षण गर्ने तयारी भइरहेको अध्यक्ष सन्तवीर लिम्बूले बताए ।
स्थानीय सरकार गठन भएकै ३ वर्ष बितिसक्दा पनी नागरिकहरूको समस्यालाई ध्यान नदिएको यहाँका स्थानीयहरूका गुनासाहरू प्रशस्तै सुनिन थालेका छन् । मानव जीवनको सबैभन्दा पहिलो अधिकार भनेकै गाँस, बाँस र कपास हो । जंगली जनावारले गाँस नै खोसेपछि जीवन निर्वाह गर्ने आधार नै गुमाउनु परेको दुखेसो पोखाउँछन् ।

प्रतिक्रिया दिनुहोस्