हिमालय रोडिज सिजन ३–ब्लड, स्वेट र टियर्स सम्पन्न «

हिमालय रोडिज सिजन ३–ब्लड, स्वेट र टियर्स सम्पन्न

यामाहाएफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३–ब्लड, स्वेट र टियर्सले आफ्नो यस सिजनको विजेताको घोषणा गरेको छ । सन् २०१९ डिसेम्बर १६ बाट सुरु भएको योरियालिटी शोले १८ औं शृंखलामा आएर आफ्नो विजेता प्राप्त गरेको छ र यसपटक हिमालय रोडिजको ताज पहिरिन सफल भएका छन् रोडी सुजन सुवेदी । सुजन ग्याङ्गग्रीनअन्तर्गत लाउरेको टिममा थिए ।
नेपालमा पहिलो पटक सन् २०१६ मा प्रसारण गरिएकोे शो युवा पुस्तामा आधारित रियालिटी शोले तेस्रो शृंखलासम्म आइपुग्दा आफ्नो ढाँचामा धेरै परिवर्तन गरिसकेको छ ।
इण्डियाको फ्रेन्चाइजशो एमटिभी रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपालका युवाहरूले अत्यन्त रुचाएको र प्रतीक्षा गर्ने टिभी शो बन्न सफल भइसकेको छ । भोटको आधारमा, आन्तरिक र बाह्य, निष्कासन, खेल परिवर्तन गर्ने ट्वीस्ट, सहभागीहरूबीचमा एड्रेनालाइन, दुस्साहस, चिच्याहट आदिका साथ यो सिजन खेलाडी व्यक्तित्व, बचावट र बहादुरीको एक अन्तिम दुस्साहस बनेको दाबी गरिएको छ । हिमालय रोडिजसिजन–३ आफैंले यो यहाँ केका लागि खडा भएको छ भनेर प्रमाणित गरिदिएको छ ।
सिजन २ मा रोडिज उपाधियामाहाएफ जेड सिरिजको मोटरसाइकलहरू सवार गरेर हासिल गरिएको थियो । यही प्रक्रियालाई सिजन ३ मा पनि निरन्तरता दिइएको छ । यसपटक पनि सम्पूर्ण कार्यहरू भरी एफ जेड सिरिजका बाइकहरूले नै रोडिजहरूलाई उनीहरूले पार गरिरहेका रोमाञ्चक कार्यहरूमा साथ दिइरहेको थियो ।
यो सिजन, शोको एक फरक शैलीको प्रत्यक्षदर्शी बन्यो । देशको विभिन्न स्थानबाट सहभागीहरूले अडिसनमा भागलिने अवसर पाए, यसको श्रेय यामाहालाई पनि जान्छ किनकी यामाहाले देशको विभिन्न क्षेत्रहरूमा रहेको आफ्ना शोरुमहरूमार्फत् पनि अर्को रोडिचयन गर्नका लागि अग्रसरता देखाएको थियो ।
साथ प्रतीक्षा गरिएको, अत्यधिक सहभागिता रहेको र अत्यन्त प्रचारित शो बन्न पुगेको छ । विजेता सुजन सुबेदीले च्याम्पियनको सहचर यामाहार एफ जेड एफआइ भि३ का साथमा आफ्नो रोडि यात्रालाई निरन्तरता दिइ नै रहनेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्