सिन्धुपाल्चोक पहिरोमा १० जनाको मृत्यु «

सिन्धुपाल्चोक पहिरोमा १० जनाको मृत्यु

सिन्धुपाल्चोकका छुट्टाछुट्टै स्थानमा आइतबार राति गएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ । मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर ८ जना र पाँचपोखरी थाङ्पाल गाँउपालिका २ बरुवामा पहिरोले १ घर पुर्दा २ जनाको मृत्यु भएको हो ।
मेलम्चीमा पहिरोमा पुरिएका ८ जनाकै शव फेला परेको छ । मृत्यु हुनेहरुमा ७ जना विरगञ्जका र १ जना भारतीय नागरिक रहेका छन् । मृत्यु हुनेमा विरगञ्जका वर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ वर्षिय प्रदिप चौरासिया, २५ वर्षिय विक्रम थिंग, २३ वर्षिय मानबहादुर रुम्बा, २० वर्षिय सिमन घलान, २१ वर्षिय शिव बालक धामी, १७ वर्षिय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी रहेका छन् ।
अर्का एक जना भारतीय नागरिक बारु साहको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौं ल्याइएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका २ बरुवामा पहिरोले १ घर पुर्दा २ जनाको मृत्यु भएको छ । बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षत्री बन्जराको घर पुर्दा दुई जनाको मृत्यु भएको हो । अन्दाजी वर्ष ४० का यज्ञबहादुर र अन्दाजी वर्ष ४० कै उनकी श्रीमती लक्ष्मी क्षत्री बन्जराको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्