१८ खानेपानी योजना सम्पन्न

गरिबी निवारण कोष नेपालको साना पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ३ स्थानीय तहमा १८ वटा खानेपानी योजना सम्पन्न भएका छन् । पाँचथरका फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाँउपालिकाका विभिन्न वडामा गरिबी निवारण कोषको सहयोगमा खानेपानी योजना सम्पन्न भएका हुन् । निर्माण सम्पन्न भएका खानेपानी योजनाहरूमा फाल्गुनन्द गाँउपालिकाको इम्बुङमा ५, तुम्बेवा गाँउपालिकाको आङनामा ३, हाङगुममा २ र मिक्लाजुङ गाँउपालिकाको आरुबोटेमा ३, लिम्बामा ३ र दुर्दीम्वामा २ वटा खानेपानी योजना सम्पन्न भएका हुन् ।
गरिबी निवारण कोषको २ करोड ३७ लाख ७८ हजार ४४० रुपैयाँ अनुदानमा १८ खानेपानी योजना सम्पन्न भएका हुन । खोपानी योजनाबाट ३ स्थानीय तहका ९०८ घरधुुरी लाभान्वित भएको सेवा प्रदायक संस्था सिरिजंगा ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक त्रिभुवन शेर्माले जानकारी दिए ।