नेपाल बैंकको नयाँ कर्जा योजना «

नेपाल बैंकको नयाँ कर्जा योजना

नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच वर्ष अबधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ ।
घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको बैकले जनाएको छ । यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्ध व्यवसाय कर्जा÷घडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको बैंकले जनाएको छ ।
लघु उद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जाको वार्षिक व्याजदर ८.९९ प्रतिशत रहेको जनाएको छ । सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बंैकिङ क्षेत्रकै न्युन ब्याजदर रहेको दावी पनि गरेको छ । साथै, घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले ९.९९ प्रतिशत व्याजदरमा घडेरी कर्जा पनि ल्याएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्