नबिल बैंक दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ घोषित «

नबिल बैंक दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

बेलायती पत्रिका युरोमनीले लगातार दोस्रोपटक नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’ बाट पुरस्कृत गरेको छ ।
बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नबिल बैंकलाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट घोषित गरेको जनाइएको छ ।
सन् १९९२ मा स्थापना भएको ‘युरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्