मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालक नियुक्त «

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालक नियुक्त

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् ।
उनलाई बैंकको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम उक्त पदमा नियुक्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
नवनियुक्त शर्माले नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालयअन्तर्गत करिब ३९ वर्ष कार्य गरिसकेका छन् । व्यवस्थापनविज्ञको रूपमा परिचित उनी विभिन्न दातृ निकायहरूमा नीतिगत परामर्शदाताको रूपमा समेत कार्य गर्दै आएका छन् ।
शर्माले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एकमिनिस्ट्रेसन स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एकमिनिस्ट्रेसन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय बेलायतबाट टुरिज्म म्यानेजमेन्ट विषयमा अध्ययन गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्