ग्लोबल आइएमई बैंकका २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु «

ग्लोबल आइएमई बैंकका २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

काठग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १, साधुटारर खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी गाँउपालिका वडा नं. १२, जल्पामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो ।
यी दुई शाखारहित बैंकिङ सेवासहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या २०३ पुगेको पनि बैकले जनाएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्ने तथा यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, स्डििएमए, गुटिएल तथा एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्