बतास अर्गनाइजेसन र क्वेस्ट कलेजबीच समझदारी «

बतास अर्गनाइजेसन र क्वेस्ट कलेजबीच समझदारी

बतास अर्गनाइजेसन र क्वेस्ट कलेजबीच उद्योग तथा व्यवसायलाई चाहिने मानब स्रोत निर्माण गर्ने उद्देश्यलाई टेवा पु-याउन सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । क्वेस्टका तर्फबाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र बतासको तर्फबाट अर्गनाइजेशनका प्रमुख कार्यकारी अधिकृत तथा संथापक शान्तराज बतासले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
क्वेस्ट इन्टरनेसनल कलेजले पोखरा विश्वविद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर व्यवस्थापनका बीबीए, बीएचएम र एमबीएका कक्षा सञ्चालन गरेको छ र हाल सातसय विद्यार्थी अध्यनरत छन् भने बतास अर्गनाइजेशन विविध ब्यापार व्यवसाय, विप्रेषण, लगानी तथा वित्तीय सेवा तथा हाइड्रोपावर आयोजना प्रवर्द्धन गरी हाल सात सय जना कर्मचारी कार्यरत छन् ।
बतास अर्गनाइजेशनले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता तथा उत्प्रेरणा अभिवृद्धि गर्दै व्यवसायिक तथा व्यक्तिगत लक्ष्य अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने तथा क्वेस्टले अनुसन्धान, डिग्री तथा तालिम कार्यक्रममार्फत सो उद्देश्यमा योगदान पु-याउने मूल उदेश्य रहेको सम्झौतापत्रमा उल्लेख छ । यसै क्रममा बतास अर्गनाइजेशनले क्वेस्टका बिद्यार्थीलाई इन्टरनशिपको मौका पनि दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्