सिटिजन्स बैंकको ११० औं शाखामुगुको गमगढीमा «

सिटिजन्स बैंकको ११० औं शाखामुगुको गमगढीमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा गमगढी शाखा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले मुगु जिल्लाको गमगढी शाखा सञ्चालनमा ल्याएको हो । नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त शाखा विस्तार गरेको जनाएको छ ।
यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्