विमानस्थल सञ्चालनको तयारी «

विमानस्थल सञ्चालनको तयारी

मुलुकको एक मात्र चालु अवस्थामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भदौ १ गतेदेखि नयाँ सेवा सुविधासहित सञ्चालनमा आउने भएको छ । कोरोना संक्रमणका कारण बन्द रहेको व्यवसायी हवाई उडान करिब पाँच महिनापछि सुचारु हुने तयारी भइरहँदा विमानस्थल पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले नयाँ सेवा सुविधासहित सञ्चालनमा आउने भएको हो । करिब चार महिनासम्म विमानस्थल बन्द रहँदा धेरै पूर्वाधार निर्माणका काम सम्पन्न भएका छन् । केही पूर्वाधार निर्माणका काम सुरु हुने अवस्थामा छ ।
लकडाउन अवधिमा विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३ सय मिटर कायम भएको छ । जसले गर्दा विमान अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने विश्वास छ । यस्तै, १५ सय क्षमताको प्रस्थान हल निर्माण गर्ने कार्य पनि सम्पन्न भइसकेको छ । लकडाउनको अवधिमा विमानस्थलमा पार्किङ स्थलहरु पनि थप भएका छन् । जसका कारण आकासमा जहाज होल्ड गर्नुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको विश्वास छ । यसअघि विमानस्थलमा जहाज पार्किङ वे कम हुँदा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्था रहेको थियो । विमानस्थलमा लगेज बेल्ट र अराइभल हलकोसमेत निर्माण निर्माण कार्यसम्पन्न भइसकेको छ ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निमार्णका थप कार्यहरु समेत सुचारु हुने अवस्थामा रहेको छ । समानान्तर ट्याक्सी वे, थप २२÷२३ वटा जहाज पार्किङ गर्न सकिने पार्किङ वे, नयाँ टर्मिनल भवन लगायत निमार्णको चरणमा रहेको मन्त्री भट्टराईले जानकारी दिए । उनले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण भएकाले विमानस्थलमा आउने पर्यटक र नेपाली नागरिकले नयाँ अनुभुति गर्न पाउने बताए ।
सरकारले भदौ १ गतेदेखि स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोगलको पालन गर्दै अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार विमानस्थले कोरोना संक्रमणको जोखिमलाई हेरेर प्रस्थान हललाई आधा क्षमतामा मात्रै उपायोग गरी सञ्चालन गर्ने योजना बनाएको छ

प्रतिक्रिया दिनुहोस्