हाइड्रोपावरमा लगानीकर्ताहरूको आकर्षण बढेको हो ? «

हाइड्रोपावरमा लगानीकर्ताहरूको आकर्षण बढेको हो ?

दोस्रो बजारमा किनेको सेयर चार दिनपछि फेरि बेच्न सकिन्छ, तर प्राथमिक बजारमा किनेको सेयर बेच्न महिनौं दिन लाग्छ ।

सेयर बजारको दोस्रो बजारमा धेरैजसो हाइड्रोपावर लगानीहरूको सेयर रु. १ सयभन्दा कममा कारोबार हुने गरेको छ पछिल्लो समयमा । हाइड्रोपावर लगानीका कतिपय प्राथमिक बजारका लगानीकर्ताहरूले नोक्सानी बेहोर्नुपरिरहेको छ ।

हालै जारी भएको एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडको प्राथमिक सेयरमा लगानीकर्ताहरू झुम्मिएका छन् । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि ३१ लाख ६० हजार १ सय ८३ कित्ता सेयर जारी गरेको थियो । यसमा लगानीकर्ताहरू झुम्मिएको देखिन्छ । निष्कासन भएको पहिलो दिनमा नै सबैजसो सेयर बिक्री भएको थियो । के त हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताहरूको आकर्षण बढेकै हो त ? कि नामले लगानीकर्ताहरूमा भ्रम भएको छ । नामले त यो लगानी कुनै बैंक तथा वित्तीय संस्थाहरूजस्तै देखिन्छ भने एनआरएनको ट्याग पनि झुन्डिएको छ । कतिपय लगानीकर्ताहरूले वित्तीय संस्था भनेर आवेदन गरेको पनि देखियो भने कतिपयले १०–२० कित्ता पर्ने त हो नि भनेर आवेदन दिएको पनि देखिन्छ । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड कुनै बैंक तथा वित्तीय संस्था होइन । यो लगानीले हाइड्रोपावरको आयोजनाहरूमा लगानी गर्ने गर्छन् ।
त्यसो त लकडाउनपछि प्राथमिक बजारमा प्राथमिक सेयरहरूमा लगानी गर्ने लगानीकर्ताहरू ह्वात्तै बढेको छ भन्दा पनि फरक नपर्ला । प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताहरूको संख्या ४ लाखभन्दा बढी भइसकेको छ । यस कारणले पनि एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडमा लगानी गर्ने लगानीकर्ताहरू बढेका हुन् कि ? गत आर्थिक वर्षमा थुप्रै हाइड्रोपावर लगानीका प्राथमिक सेयरहरू जारी भएका थिए । अधिकांश कम्पनीका प्राथमिक सेयरहरू सबै बिक्री नै भएनन्, सर्वसाधारण लगानीकर्ताहरू आकर्षित नै भएनन् । तर, हाइड्रोपावरका आयोजनाहरूमा लगानी गर्ने एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडको प्राथमिक सेयर भने पहिलो दिनमा नै सबैजसो सेयर बिक्री भएको थियो । कतै यसमा राजनीति त घुसेको छैन, कतै चलखेल त भएको छैन भनेर पनि चर्चा भएको थियो । त्यसो त सेयर बजारमा चलखेल हुनु भनेको सामान्य हो भनेर पनि कतिपय जानकारहरू बताउँछन् ।
त्यसो त एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड प्राथमिक सेयर जारी हुने मिति नजिकिँदा सेयर बजारको दोस्रो बजारमा केही हाइड्रोपावर लगानीहरूको सेयरको भाउमा सर्किट लागेको थियो । यसलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । यस समयमा धेरैजसो हाइड्रोपावर लगानीको सेयरको भाउ बढेको देखिन्छ । यसबारेमा पनि चर्चाहरू भएका थिए । सेयर बजारमा लगानीहरूको सेयरको मूल्य बढ्नु राम्रो हो नि ! एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको प्राथमिक सेयरमा लगानीकर्ताहरूको आकर्षण बढाउनका लागि सेयर बजारको दोस्रो बजारमा हाइड्रोपावर लगानीहरूको सेयर मूल्य अस्वाभाविक तरिकाले बढाएको, उचालेको भनेर भन्नेहरू पनि नभएका होइनन् । यसमा पनि चलखेल भएको हुन सक्छ भनेर पनि चर्चा भएका थिए । सेयर बजारको दोस्रो बजारमा नै केही हाइड्रोपावर लगानीहरूको सेयर रु. ५० सम्ममा नै किन्न पाइन्छ भने रु. १ सयका सेयरमा किन लगानीकर्ताहरू झुम्मिए भनेर भन्नेहरू पनि थुप्रै छन् ।
त्यसो त एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड हाइड्रोपावर आयोजना लगानी नै भने होइन, यसले हाइड्रोपावरको आयोजनाहरूमा लगानी मात्र गर्ने गर्छन्, यसले पनि लगानीकर्ताहरूलाई आकर्षित गरेको हो कि ? त्यसो त प्राथमिक सेयरमा लगानीकर्ताहरूको आकर्षण रहेको नै हुन्छ । यसमा जोखिम कम हने गरेका हुन्छन् भनेर पनि जानकारहरू बताउँछन्, तर हाइड्रोपावरको लगानीहरूमा भने जोखिम पनि रहेको देखिन्छ । सेयर बजारको दोस्रो बजारमा धेरैजसो हाइड्रोपावर लगानीहरूको सेयर रु. १ सयभन्दा कममा कारोबार हुने गरेको छ पछिल्लो समयमा । हाइड्रोपावर लगानीका कतिपय प्राथमिक बजारका लगानीकर्ताहरूले नोक्सानी बेहोर्नुपरिरहेको छ ।
लकडाउन हुनुभन्दा पहिले धेरैजसो हाइड्रोपावर लगानीहरूको सेयरको भाउ घटिरहेको अवस्थामा थियो । रु. १ सयको सेयर १ सयभन्दा कममा किन्न पाइन्थ्यो । त्यसो त कतिपय लगानीकर्ताले त हाइड्रोपावरमा लगानी बालुवामा पानी हालेसरह हो, सयमा किनेको सेयर बजारमा आधा मूल्य भएको छ भनेर पुर्पुरोमा हात हालेको पनि देखिन्छ । सेयरबजारमा नै हाइड्रोपावर लगानीहरूको सेयर रु. १ सयभन्दा कममा किन्न पाइरहेका छन् भने एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडको प्राथमिक सेयरमा लगानीकर्ताहरू किन झुम्मिए, यसमा के रहस्य छ भनेर पनि चर्चाहरू भएका छन् । दोस्रो बजारमा किनेको सेयर चार दिनपछि फेरि बेच्न सकिन्छ, तर प्राथमिक बजारमा किनेको सेयर बेच्न महिनौं दिन लाग्छ ।
त्यसो त एनआर एन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड प्रकृतिको लगानी हाइड्रो इलेक्ट्रिसिटी इनभेस्टमेन्ट एन्ड डेभलपमेन्ट लगानीको सेयर बजारमा नै रु. १ सय २०–३० मा किन्न पाइन्छ । त्यसो त हाइड्रोपावर लगानीहरूमा लगानीहरूको सेयरमा लगानीकर्ताहरूको आकर्षण हुनु भनेको बढेकोलाई सकारात्मक रूपमा लिनुपर्छ, हाइड्रोपावरबाट नै देश समृद्धि बन्छ भन्ने सरोकारवालाहरूको भनाइ रहेको छ । त्यसो त हाइड्रोपावरमा लगानी गर्ने लगानीकर्ताहरूको दिन पनि त आउला नि भन्नेहरू पनि नभएका होइनन् । तर, लगानीकर्ताहरूमा धैर्यता भने हुनुपर्छ । त्यसो त अबका दिनमा जारी हुने भनेकै धेरैजसो हाइड्रोपावर लगानीहरूको प्राथमिक सेयरहरू हो भन्दा फरक नपर्ला । अबको दिनमा थुप्रै हाइड्रोपावर लगानीका प्राथमिक सेयरहरू निष्कासन जारी हुनेवाला छ । थुप्रै हाइड्रोपावर लगानीहरूको सेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्