लगानी बोर्डमा भट्ट «

लगानी बोर्डमा भट्ट

सरकारले राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टलाई लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको सीईओमा नियुक्त गरेको हो । भट्टसँग इन्जिनियरिङ व्यवस्थापन तथा योजनाको क्षेत्रमा काम गरेको अनुभव छ । उनी बोर्डको तेस्रो सीईओ हुन् । उनको कार्यकाल ४ वर्ष रहनेछ ।
बोर्डमा यसअघि सीईओ रहेका महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नरमा नियुक्ति पाएसँगै यस पद रिक्त थियो । अधिकारी आफ्नो कार्यकाल सकिनुअघि नै गत चैतमा गभर्नर नियुक्त भएका थिए । लगानी बोर्डको सीईओ सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गभर्नर अधिकारी र अर्थशास्त्री प्रा. डा. गोविन्द नेपाल सदस्य रहेको समिति गठन गरिएको थियो । समितिले सुशील भट्ट, डा.सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्