कोरोना कहरमा पनि धार्मिक मेला «

कोरोना कहरमा पनि धार्मिक मेला

जुम्ला -कोरोना भाईरस संक्रमण रोकथामका जारी लकडाउन अन्त्य भएपनि धार्मिक क्षेत्रमा पुजाआजा गर्ने तथा भेला हुन नपाईने सरकारको निर्णय छ । तर जुम्लाको दाँनसाघु धाममा भने कोरोना कहरका बीचपनि जनै पूर्णिमाको रौनक भने कायमै थियो । सोमबार विहानै देखि दाँनसाघु धाममा स्नान गर्ने तथा पण्डितबाट रक्षाबन्धन बाध्ने भक्तजनहरुको घुईचो थियो । यदपी जुम्ला भने कोरोना संक्रमण मुक्त भईसकेको अबस्था छ । तर भाईरस कसरी कहा संक्रमण हुन्छ भन्ने थाहा हुदैन् मठमन्दिरमा १५ जना भन्दा बढी भेला नहुने सरकारी निर्णय भएपनि जुम्लाको दानसाघुमा विगतको जस्तै स्नान गर्ने, रक्षा बन्धन बाध्ने देवता पतुर्ने मेला कायमै रहेको छ ।
गत वर्ष जस्तो भिडभाड नभएपनि कोरोना त्रासकै बीच पनि जनै पूर्णिाको रौनक भने कम नभएको स्थानीय निरु दमाईले बताईन् । आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र अर्थात (रक्षा बन्धनं) बाध्ने गर्दछन् । गुरु पुरोहितले (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सोहि अनुसार हातमा रक्षा बन्धन बाध्ने पण्डितहरु समेत भिड थियो ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेलेका थिए । जसले गर्दा अत्यन्त बलशाली दानवराज बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए ।
यहि पौराणिक मान्यताका आधारमा रक्षा बन्धनको परम्परा हाल सम्म प्रचलित रहेको जुम्लाका संस्कृत विद रमानन्द आर्चायले बताए । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भन्ने मन्त्र(बेदं) पढ्दै मन्त्र रक्षा बन्धन बाध्ने गरेको आर्चायको भनाई छ ।
जुम्लाको दाँनसाघु क्षेत्रमा गुठिचौर, पातारासी हिमाल बाट बग्ने पानीको संगम स्थल भएकाले पनि स्नान गर्ने धार्मिक क्षेत्रको रुपमा प्रचित हुदै आएको हो । साथै जुम्लाको पश्चिम तिला गाउँपालिकामा पर्ने त्रिबेणी धाममा पनि जनै पुर्णिामा रक्षा बन्धनको रौनक छाएको छ ।
धार्मिक पर्यटन क्षेत्र दानसाँघु ओझेलमा
कर्णालीमा धार्मिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटनको एक सम्भावना बोकेको क्षेत्र हो । प्रयापर्यटन संगै कर्णालीमा धार्मिक पर्यटनको सम्भावना पनि उत्तिकै छ । त्यस्तै कर्णालीको प्रसिद्ध दानसाँघु त्रिवेणी धाम तिर्थस्थल संरक्षण सम्र्बद्धनको अभावमा ओझेलमा परेको छ । हरेक वर्ष जनै पूर्णिमाको दिन विहानै देखि स्नान गर्ने तिर्थालुहरुको भिड हुन्छ ।
भने धार्मिक मेला समेत लाग्छ । त्यहाँ छायानाथ, मुक्तिनाथ ऋणिमोक्ष लगायतका तिर्थस्थलमा गएकाहरु दानसाघुमा रक्षा बन्धन तथा जनै पुर्णिमाका दिन अनिवार्य पुग्छन् । भने दाँनसाघुमा स्नना नगरे सम्म देवता शुद्ध हुदैनन्, संस्कृत विद रमानन्द आर्चाय भन्छन, सबै धामी झाक्रीहरु दाँनसाघुमा स्नान गरेपछि शुद्ध भएर देवता निकाल्छन् । भने सयौ भक्तजनको भिड हुन्छ ।
स्थानीय चतुदर्शीको दिन लेकमा रहेका मालिकाको मन्दिरहरुमा भक्तजनहरु पुर्जापाठ गर्न जाने र साउन पूर्णिमाको दिनमा त्रिवेणीमा नुहाएर पवित्र भएर घर फर्कने चलन छ । त्यसैले जनै पुर्णिमा दिन तिर्थस्थल दाँनसाघुमा हजारौको संख्यामा भक्तजन हुन्छन् ।
धर्मिक रुपमा दानसाघु धामको महत्व रहेपनि त्यहाँको व्यवस्थापन कमजोर रहेको स्थानीय नन्दराज आर्चायको गुनासो छ । साउन महिनामा नदीको बहाफ बढेको हुन्छ, सबै नदीको किनारमा नुहाउँछन् नदीले छाल हानेर बग्ने, डुब्ने समस्या हुन सक्छ, स्नान गर्ने स्थल देखि मठ मन्दिरलाई व्यवस्थित बनाउनुपर्ने उनको माग छ ।
कोरोना कहरमा पनि धर्मको विश्ववास गर्दै सयौ भक्तजना धाममा पुगेका छन्, तर नहुँदा कपडा पर्ने ठाँउ सम्म नहुँदा समस्या हुने गरेको छ । यसमा चन्दनदनाथ नगरपालिकाले ध्यानै नदिएको नागरिरको गुनासो छ । संरक्षण तथा संर्बदन नगरेमा विस्तारै दानसाघु धामको महत्व घट्दै जाने समेत बताउँछन् । घरको कुल देवतालाई चोखो गर्न, आफु चोखिन टाढाबाट आएर समेत दानसाघुको पानी लिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्