हामी चिनियाँ सेनालाई अझै मजबुत बनाउछौः जिनपिङ «

हामी चिनियाँ सेनालाई अझै मजबुत बनाउछौः जिनपिङ

बेइजिङ-पछिल्लो समयमा चीनको अमेरिका,भारत,अस्ट्रेलिया लगायतका कतिपय देशहरसँग तनाव भइरहेको छ । यो अवस्थालाई मध्यनजर गर्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले फेरी चिनियाँ सेनालाई आधुनिकिकरण गर्ने मुद्दा उठाएका छन् । चिनियाँ सेना (पीएलए)को ४२ औं स्थापना दिवसको अवसरमा जिनपिङले भने,“चिनियाँ विशेषताका साथ समाजवाद कायमै राख्नका लािग विकास र सुरक्षा दुवै महत्वपूर्ण रहेका छन् ।”
देशको विकाससँगै सेना पनि आधुनिक
राष्ट्रिय रक्षा र सशस्त्र बलको आधुनिकिकरण देशको आधुनिकिकरणको प्रक्रियासँगै हुनु  आवश्यक भएको उनले बताए । यसका साथै चीनले आफ्नो सैन्य क्षमतालाई राष्ट्रिय रणनीतिक आवश्यकता अनुसार विकसित गर्न आवश्यक भएको धारणा उनको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको योगदानको उल्लेख गर्दै उनले सीपीसी सधै देशको रक्षा र सुरक्षाबललाई मजबुत बनाउनका लागि प्रयासरत रहेको धारणा व्यक्त गरे ।
यसै वर्षको अन्त्यसम्म विश्वस्तरीय सेना
यो वर्ष अर्थात् २०२० को अन्त्य सम्ममा चीनले राष्ट्रिय रक्षा र सशस्त्र बललाई बलियो बनाउने लक्ष्य प्राप्त गर्ने दावी चिनियाँ राष्ट्रपतिको छ । यो प्रक्रिया पुरा भए लगत्तै चीनको सेना विश्वकै सर्वाधिक आधुनिक बल बन्ने भनाई उनको थियो । यसका लागि उनले सीपीसी केन्द्रीय समिति तथा केन्द्रीय सैन्य आयोगद्वारा बनाइएको रणनीतिक योजना तथा व्यवस्था लागू गर्नका लागि आव्हन गरेका छन् ।
सैन्य बजेट फेरी बढाउन सक्छ चीन
जिनपिङले चिनियाँ सेनाको भविष्यको योजनामाथि प्रकाश पार्दै भने,“१४ औं पञ्चवर्षीय योजना (२०२१–२०२५) को निर्माण देशको सैन्य शक्ति बढाउन गरिने छ । यसमा वैज्ञानिक तरिकाबाट चिनियाँ सेनालाई भविष्यका लागि तयार गरिने छ ।” यसका लागि उनले जन जागरुकता बढाउन पार्टी एकाईलाई सक्रिय बनाउने विचार व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्