लिपुलेक नजिक १ हजार चिनियाँ सेना तैनाथ, भारतीय मिडिया भन्छन्,‘नेपालको चलाखी’ «

लिपुलेक नजिक १ हजार चिनियाँ सेना तैनाथ, भारतीय मिडिया भन्छन्,‘नेपालको चलाखी’

नयाँ दिल्ली-लिपुलेक सहितको क्षेत्र नेपालको भन्दै नेपाली संसदले नेपालको नक्सा जारी गरिसकेको छ । तर भारतीय पक्षले यो भू–भाग आफ्नो भन्दै त्याहाँ नेपालीको आवागमनलाई समेत बन्देज गर्ने प्रयास गरिरहेको छ । तर यो क्षेत्रको नजिकै चीनले आफ्नो १ हजार सेना तैनाथी गरेपछि भारतीय मिडिया अमर उजालाले यो चीनसँग मिलेर नेपालले चालेको कदम भएको उल्लेख गरेको छ ।
उपलव्ध जानकारी अनुसार चीनले लद्दाखपछि लिपुलेकमा पनि आफ्नो सेना तैनाथ गरिररहेको अमर उजालाले जनाएको छ ।
भारत र चीनबीच करिब ३ महिनादेखि तनाव चलिरहेको छ । करिब ४५ वर्षपछि त्याहाँ १५ जुनमा हिंसा भएको थियो । जसमा भारतका २० सैनिकको ज्यान गएको थियो । हिन्दुस्तान टाइम्सका अनुसार चिनियाँ सेना एलएसीको नजिकक लिपुलेक इलाकामा देखिएका छन् ।
भारतले मानसरोबर यात्राका लागि लिपुलेक नजिक नयाँ सडक बनाएको छ । नेपालले उक्त कार्यको बिरोध गर्दै नयाँ नक्सा जारी गरेर उक्त क्षेत्र आफ्नै भएको दावी समेत गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्