के हो चीनबाट अमेरिकामा आएका रहस्यात्मक प्याकेट ? «

के हो चीनबाट अमेरिकामा आएका रहस्यात्मक प्याकेट ?

वासिङटन-अमेरिका–चीनबीच व्यापार, कोरोनाभाइरस र दक्षिण चीन सागरका मुद्धामा तनाव बढ्दै गइरहेको छ । यसैबीच चीनले अमेरिकामा पठाएका उपहारका कारण अमेरिकी प्रशासनलाई चेतावनीनै जारी गर्नु परेको छ । वास्तवमै पछिल्ला दिनमा चीनले अमेरिकामा केही प्याकेट पठाइरहेको छ, जसका कारण ट्रम्प प्रशासनको निद्रानै उडेको छ । कहिले गहना त कहिले खेलौनाको नाममा आउने गरेको यी प्याकेटभित्र बीऊ हुने गरेका छन् । यो बीऊ के हो र किन पठाइएको हो भन्ने विषयमा प्रशासनलाई केही भाननै छैन । यसैले जनताले यसलाई रोप्ने गल्ती नगरुन् भन्ने चेतावनी प्रशासनकोतर्फबाट जारी गरिएको छ ।
हाल सम्म ४ प्याकेट मात्रै पाइएको छ
पेन्सिल्भानियाको वेस्टचेस्टरमा बस्दै आएका भारतीय मूलका रवीन्द्रनाथ मिश्रलाई पनि यस किसिमको प्याकेट आएको थियो । सोमबारदेखि हालसम्म उनलाई यस्तो ४ प्याकेट आइसकेको उनले बताए । करिब २ महिनादेखि अमेरिकाका कम्तीमा पनि ९ राज्यमा यस किसिमको प्याकेट पठाइएको छ । यो बीऊ के को हो कसैलाई थाहाँ छैन । यसलाई चाइना पोष्टबाट पठाइएको हो ।
नचिनेको बीऊ नरोप्नुस
अमेरिकाको कृषि विभागले चीनबाट आएको यस किसिमको प्याकेटको बारेमा आपूmलाई जानकारी भइसकेको र यसको परीक्षण गर्न थालेको विज्ञप्ति जारी गरी बताइसकेको छ । विभागले यस किसिमका व्यक्तिलाई स्टेट प्लान्ट रेगुलारिटी अफिसियल वा एपीएचआईएस स्टेट प्लान्ट हेल्थ डाइरेक्टरसँग सम्पर्क गर्नका लागि भनेको छ । यी प्याकेटको मेलिङ लेबलसहित सुरक्षित राख्न र थाहा नभएको बीऊ नरोप्नका लागि मानिसहरुलाई विभागले भनेको छ ।
बीऊको परीक्षण गरिने
यस किसिमका प्याकेट संकलन गरिरहेको र परीक्षण गरेर यो अमेरिकी कृषि वा पर्यावरणका लागि खतरा छ वा छैन भनने पत्ता लगाइने विभागले जनाएको छ ।
केन्टुकी कृषि आयुक्त -यान क्लार्सले भने,“हाल हामीलाई यो जानकारी छैन कि यो एक फर्जी खबर हो वा मजाक हो वा इन्टरनेट घोटाला हो वा जैविक आतंकवादको तरिका ।” यद्यपि प्रशासनले मानिसलाई यो बीऊ कुनै खतरनाक प्रजाती उत्पन्न गर्न सक्ने भएकाले यसको प्रयोग नगर्नका लागि चेतावनी जारी गरेको छ ।
मार्केटिक रणनीति पनि हुन सक्छ
लुइजियानाका कृषि र वन आयुक्त माइक स्ट्रेनले भने,“यो पत्ता लगाउनु आवश्यक छ कि यो बीऊ के को हो । यसबाट यो क्षेत्रको कृषि उद्योग वा पर्यावरणलाई खतरा हुन्छ वा हुदैन ।” अर्कातर्फ ह्वाइटहाउसका प्रहरी विभागका अनुसार यो ब्रसिङ जस्तै बजारीकरणको कुनै चलाखी पनि हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्