अमेरिकाको जीपीएसलाई चीनको बेइडूको चुनौती «

अमेरिकाको जीपीएसलाई चीनको बेइडूको चुनौती

वासिङटन-चीनले शुक्रबार आफ्नो पूर्ण रुपमा काम गर्ने नेभिगेसन स्याटलाईट बेइडू प्रणाली विश्वव्यापी सेवा प्रदान गर्नका लागि तयार भएको बताएको छ । यो अमेरिकाको जीपीएस, रुसको ग्लोनास र युरोपेली संघको ग्यालिलियो सहित अन्तरिक्ष आधारित प्रणाली प्रदान गर्ने एक कुलीन समूहमा समावेश भएको छ । चीनले बेइडू–३ ले यसलाई मुख्य प्रविधि अन्य देशबाट किन्न वा भीखको रुपमा लिन नचाहेकाले पुरा गरेको विशेषज्ञहरुले चिनियाँ मिडियालाई बताएका छन् ।
पाकिस्तान तथा बेल्ट एन्ड रोड इनिशियटिभ (बीआरआई) को हिस्साका अनुसार १०० भन्दा बढी देशले बेइडू सिस्टमलाई पहिलेदेखिनै प्रयोग गर्दै आएका छन् । ४०० भन्दा बढी घरेलू संस्थान, विश्वविद्यालय तथा उद्योगहरुका करिब ३ लाख भन्दा बढी वैज्ञानिक, इन्जिनियर र प्राविधिकले यो नेभिगेशन सिस्टम मिलेर बनाएको चिनियाँ मिडियाहरुले बताएका छन् । राष्ट्रपति सी जिनपिङले ग्रेट हल अफ पिपुल्समा आयोजित एक समारोहमा यो प्रणाली सुरु भएको सूचना दिएका थिए ।
चीनको कम्युनिस्ट पार्टीको सरकारले १९९४ को फेब्रुअरीमा विदेशी नेटवर्क अमेरिकी जीपीएसमाथि देशको निर्भरता कम गर्नका लागि अन्तरिक्ष आधारित नेभिगेशन र पोजिसनिङ सिस्टमको अनुसन्धान र विकास गर्ने अनुमती दिएको थियो ।
२०१९ को अन्त्य सम्ममा ६५ लाख भन्दा बढी सडक वाहन, ४० हजार डाक र एक्सप्रेस डेलिभरी वाहन, ३६ प्रमुख सहरका ८० हजार बस, ३,२०० अन्तरदेसिय नेभिगेशन सुविधा र २,९०० समुद्री नेभिगेशन सुविधामा बेइडू प्रयोग भइसकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्