Logo

प्रदेश प्रमुखद्वारा ३ वटा विधेयक प्रमाणीकरण

विराटनगर- प्रदेश–१ को प्रदेश सभाले पारित गरेका ३ वटा विधेयक प्रमाणिकरण भएका छन् । आइतबार प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।
प्रमाणीकरण भएका विधेयकहरूमा प्रदेश वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ को संशोधन सम्बन्धमा बनेको विधेयक छन् ।
प्रदेशसभाले पारित गरेर प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाउने व्यवस्था संविधानमा छ । यसरी प्रदेशसभाले पारित गरी पठाएका विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि लागू हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्