जापानको आर्थिक संकुचन २५ बर्षपछिकै उच्च «

जापानको आर्थिक संकुचन २५ बर्षपछिकै उच्च

टोकियो, जापान -जापान सरकारले आर्थिक वृद्धिको प्रक्षेपण पुर्नसमिक्षा गर्दै घटाएको छ । कोरोना भाइरसको महामारीका कारण सरकारले आर्थिक वृद्धि प्रक्षेपणमा तीव्र कटौती गरेको हो ।
सन् २०२१ को मार्चमा सकिने आर्थिक बर्षमा अर्थतन्त्र साढे ४ प्रतिशतले खुम्चने अनुमान नयाँ पुर्नसमिक्षामा उल्लेख छ ।जनवरीमा गरिएको प्रक्षेपणमा भने अर्थतन्त्र १ दशमलव ४ प्रतिशतले बढ्ने बताइएको थियो । यो संकुचन सन् १९९४ यताकै सबैभन्दा उच्च हो ।यसमा पनी सरकारले सीमापारी दोस्रो चरणको महामारी फैलिएमा अर्थतन्त्र ५ प्रतिशतले खुम्चिने अनुमान गरेको छ ।कोरोना भाइरसले विश्वको आर्थिक वृद्धिदरमा पारेको प्रभाव र स्थानीय स्तरमा महामारी नियन्त्रण गर्न लगाइएको आपतकाल बीच व्यवसायहरु बन्द भएको र मानिसहरु घरभित्रै बस्न बाध्य भएकोले दोस्रो त्रैमासमा अर्थतन्त्रमा तीव्र संकुचन आउने ठानिएको छ ।सन् २०२२ को मार्चमा सकिने आवमा भने अर्थतन्त्र ३ दशमलव ४ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।महामारीका कारण सुस्ताएको जापानी अर्थतन्त्रलाई टेवा दिन सरकारले यस वर्ष २२ खर्ब डलर बराबरको स्टिमुलस कार्यक्रम ल्याएको थियो ।पहिलो चरणको कोरोना संक्रमणलाई त्यसले थेगेपनी पुन दोस्रो चरणमा कोरोना महामारी फैलन थालेपछि सरकारलाई उक्त कार्यक्रमलाई समेत थप परिमार्जित गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्