स्वास्थ्य सेवा प्रभावकारी बनाउने बाँकेका स्थानीय तहको प्रतिवद्धता «

स्वास्थ्य सेवा प्रभावकारी बनाउने बाँकेका स्थानीय तहको प्रतिवद्धता

बाँकेका ८ वटै स्थानीय सरकारले सर्वसाधारणलाई अनुभूत हुनेगरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य सेवालाई प्राथमिकता दिएका हुन् । एम्बुलेन्स खरिद, पूर्णखोप, निःशुल्क औषधि उपचारलाई प्राथमिकतामा पारिएको छ ।
चालू वर्षको बा“की चार महिनासम्म नियमित स्वास्थ्य सेवालाई निरन्तरता दिने उनीहरूको योजना छ । एम्बुलेन्स खरिद, ल्याब तथा क्लिनिक सञ्चालन, पाठेघर र स्तन क्यान्सरको निःशुल्क जा“च, कुपोषण न्यूनीकरण, जेष्ठ नागरिकको निःशुल्क उपचार पूर्णखोप, निःशुल्क आ“खा उपचार, सुरक्षित मातृत्व, सिकलसेल जा“च, औषधि व्यवस्थान र खरिदलगायत विषय स्थानीय तहको स्वास्थ्य प्राथमिकतामा परेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले आउने आवमा तीन जीपीआरएस प्रविधि जडान गरिएको एम्बुलेन्स किन्ने लक्ष्य राखेको छ । उसले टोलटोलका बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भन्दै एम्बुलेन्स खरिदलाई प्राथमिकतामा पारेकोे हो ।
“पानीजन्य रोग नियन्त्रणका लागि स्वस्थ खानेपानी, सहरी क्लिनिक विस्तार, औषधि खरिदलाई प्राथमिकतामा पारेका छौं,” नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापा मगरले भनिन्, “जनताले माग गरेका विषयलाई पनि प्राथमिकतामा राखेर योजना अघि ल्याउने छौं ।”
त्यस्तै नेपालगन्जमा सञ्चालित क्लिनिक, पोलिक्लिनिक, ल्याबहरूको मापदण्ड निरीक्षण गरी सुधार गरिने उनले बताइन् । त्यस्तै स्वास्थ्यको गुणस्तरमा सुधार ल्याउन नेपालगन्ज उपमहानगरले मेडिकल इन्स्पेक्टर नियुक्त गर्नेछ ।
कोहलपुर नगरपालिकाका उपमेयर सञ्जु चौधरीले औषधि व्यवस्थापनलाई महŒव दिएको बताइन् । त्यसस“गै कोहलपुर नगरमा रहेको अस्पताल र स्वास्थ्य केन्द्रको सेवामा सुधार ल्याउन पहल गरिने उनले जनाइन् । “कोहलपुरलाई हात्तीपाइले रोगमुक्त गर्ने कार्यक्रम अघि सारेका छौं । सिकलसेल जा“चका लागि कोहलपुरमै ल्याब स्थापना गर्ने योजना छ,” उनले भनिन्, “स्वास्थ्य क्षेत्रमा देखिएका थुप्रै समस्यालाई सुधार गरी सर्वसुलभ सेवा दिन्छौं ।” मुलुक संघीयतामा प्रवेश गरपछिे बा“केमा रहेका स्वास्थ्य संस्था स्थानीय सरकारमा हस्तान्तरण भएका छन् ।
नया“ व्यवस्था भएका कारण स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरिएको चालू वर्षको रकम सन्तोषजनक तरिकाले खर्च हुन सकेको छैन । कतिपय स्थानीय सरकारले औषधिसमेत खरिद गर्न भ्याएका छैनन् । चालू वर्ष सकिन चार महिना बा“की रह“दा स्वास्थ्य सेवा प्रभावकारी बनाउन बा“केका ८ वटै स्थानीय सरकारका प्रमुख र उपप्रमुखलाई राखेर जिसस र जिल्ला जनस्वास्थ्यले छलफल गरेको हो । स्थानीय सरकारले हालसम्म स्वास्थ्य क्षेत्रको करिब १० प्रतिशत रकम मात्रै खर्च गरेका छन् ।
आउने आवदेखि विषयगत बजेट अनुदान नआउने भएका कारण स्वास्थ्य क्षेत्रलाई महŒवमा पार्न छलफल गरिएको जनस्वास्थ्य बा“केका प्रमुख खिमबहादुर खड्काले बताए । बैजनाथ गाउ“पालिका प्रमुख मानबहादुर रुचालले हाललाई नियमित कार्यक्रम निरन्तरता दि“दै आउने आवमा बस्तीबाट आउने स्वास्थ्य एजेन्डालाई प्राथमिकतामा पाररे बजेट विनियोजन गर्ने बताए ।
खजुरा गाउ“पालिका प्रमुख किस्मतकुमार कक्षपतिले जेष्ठ नागरिकका लागि छ–छ महिनामा निःशुल्क उपचार व्यवस्था गरिएको बताए । त्यस्तै क्यान्सर जा“च, पूर्ण खोप कुपोषण न्यूनीकरणमा विशेष जोड रहेको उनको दाबी छ । नरैनापुर, डुडवा, जानकी गाउ“पालिकाले निःशुल्क स्वास्थ्य जा“च, खोप ड्रपआउटमा कमी ल्याउने, महामारी रोग नियन्त्रणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
छलफलपछि बा“केका स्थानीय सरकारले १५ बुदे प्रतिबद्धता जनाएका छन् । उक्त प्रतिबद्धतामा स्वास्थ्यसम्बन्धी नीतिगत व्यवस्था, संरचनागत, तथ्य संकलन, आवश्यकता पहिचान गरी स्वास्थ्यलाई प्रभावकारी बनाउने विषय समेटिएको छ । त्यस्तै औषधि वितरणमा सहज व्यवस्था, निःशुल्क स्वास्थ्य जा“च र उपचारको विषय पनि प्रतिबद्धतामा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्