रुकुम पश्चिमका सबै कोरोना संक्रमित निको «

रुकुम पश्चिमका सबै कोरोना संक्रमित निको

रुकुम पश्चिमका सबै कोरोना संक्रमितहरू निको भएर घर फिर्ता भएका छन् । जिल्ला अस्पताल रुकुम पश्चिमको आइसुलेसनमा रहेका २ जना संक्रमित शुक्रबार डिस्चार्ज भएसँगै जिल्लाका सबै संक्रमितहरू निको भएर घर फर्केका हुन् । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलका अनुसार जिल्लाका सबै स्थानीय तहमा गरी २७ जना व्यक्तिलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।
यससँगै रुकुम पश्चिममा संक्रिय कोरोना संक्रमितको संख्य शून्य भएको छ । जिल्लाको चौरजहारी नगरपालिकामा २०, बाँफिकोट गाउँपालिकामा ३, सानीभेरी गाउँपालिकामा २, त्रिवेणी गाउँपालिकामा १ र मुसिकोट नगरपालिकामा १ गरी जम्मा २७ जनालाई संक्रमण पुष्टि भएको थियो । तर, आठबिसकोट नगरपालिकामा भने हालसम्म कसैलाई पनि कोरोना संक्रमण पुष्टि भएको छैन । हालसम्म जिल्लामा ४ हजार बढीको स्वाव संकलन गरेर पीसीआर जाँच भएको छ ।

प्रतिक्रिया दिनुहोस्