सन्राइज र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सम्झौता

सन्राइज बैंक र ‘खल्ती डिजिटल वालेट’ बीच मोबाइल भुक्तानीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्राइज बैंककातर्फबाट नायब महाप्रबन्धक रविन नेपाल र खल्तीकातर्फ प्रबन्ध निर्देशक मनीष मोदीले बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार सन्राइज बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ सुबिधा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र सोमार्फत विभिन्न वस्तु तथा सेवाहरूको भुक्तानी गर्न सक्ननेछन् । एक वर्षअघिबाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदीयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरूको मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरूको संख्या ७ लाखभन्दा बढी रहेको छ ।