जर्मनीले रुसको ग्यासलाई अर्बौ ति-यो,हामी उसको रक्षा गर्दैनौः ट्रम्प «

जर्मनीले रुसको ग्यासलाई अर्बौ ति-यो,हामी उसको रक्षा गर्दैनौः ट्रम्प

वासिङटन-जर्मनीले रुसबाट अर्बौ डलरको ग्यास किनेकाले सो मुलुकबाट झन्डै १२ हजार सेना फिर्ता गर्ने निर्णय आफुले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
“उर्जाका लागि जर्मनीले एक वर्षमा रुसलाई अर्बौ डलर तिर्दै आएको छ । त्यसैले के हामी जर्मनीलाई रुसबाट सुरक्षा प्रदान गर्ने हो,”ट्रम्पले ट्वीटमा लेखेका छन् । अमेरिकी रक्षा मन्त्री मार्क इस्परले अमेरिकाले झन्डै ११,९०० अमेरिकी सेना जर्मनीबाट फिर्ता बोलाउने बताएको केही समयपछि ट्रम्पले यस किसिमको ट्वीट गरेका हुन् । सुरुमा अमेरिकाले जर्मनीबाट ९,५०० सेना मात्रै फिर्ता बोलाउने बताएको थियो ।
ट्रम्पले नेटोको विषयमा रहेको लामो समयदेखिको विवाद पनि उल्लेख गरेका छन् । जर्मनीले सैन्य गठबन्धनको खर्चको आफ्नो हिस्साको खर्च गर्न असफल रहेको प्रसंग पनि उनले उठाए ।
“नेटोको २ प्रतिशतको खर्चमा पनि जर्मनी इमान्दार देखिएन । त्यसैले हामी जर्मनीबाट केही सेना फिर्ता ल्याउदैछौ,” उनले थपे ।
बुधबारको विज्ञप्तिमा इस्परले जर्मनीबाट ६,४०० को हाराहारीमा सेना अमेरिका फिर्ता बोलाउने बताएका थिए । अन्य ५,६०० अन्य युरोपेली मुलुकमा पुनः परिचालन गरिने छ । यो विशेषगरी इटाली र बेल्जियममा हुने छ । विपक्षिहरुले भने ७५ वर्ष लामो गठबन्धनलाई तोडेको भन्दै ट्रम्पप्रति पड्किएका छन् ।
बर्लिनले यो फिर्तिले युरोपमा नेटोको भूमिकामा धक्का आउने तर्क गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्