अमेरिका–चीन व्यापार युद्धले सुनको मूल्य १५ महिनाकै उच्च

नयाँ दिल्ली-यो साता एसियामा भौतिक सुनको मागमा गिरावट आएको छ । उच्च विश्वव्यापी मूल्यले खरिदकर्ताले खरिद रोकेपछि सुनको मागमा पनि गिरावट आएको हो ।
“माग धेरै कमजोर भएको छ । हालको मूल्यको अवस्थामा खुद्रा खरिदकर्ता र सुनारले खरिद रोकेका छन्,” मुम्बईमा रहेको थोकि बिक्री कम्पनीका चेनाजी नारसिंगीका मालिक अशोक जेनले बताए । स्थानिय बजारमा शुक्रबार सुन प्रति १० ग्राम ३० हजार ८ सय भारुमा कारोबार भएको छ । यो गत महिना पुगेको ३० हजार ८ सय ३९ भारुको १५ महिनाकै उच्च विन्दुबाट पर होइन् ।
शुक्रबार खुद्रा सुनको मूल्य १ महिना भन्दा बढी अवधिकै उच्च कायम भएको छ । अमेरिका र चीनबीचको व्यापार युद्धका त्रासका कारण अमेरिकी डलरको अवमूल्यन भएसँगै सुनको मूल्य उकालो लागेको हो । अमेरिकी डलरको मूल्यमा गिरावट आएसँगै सुरक्षित सम्पत्ति मानिएको सुनको मूल्य उकालो लागेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि प्रतिक्षा गरिएको चीन बिराधी भन्सारतर्फ आफ्नो कदम बढाएपछि चीनले पनि सोही किसिमको बदलाको कारबाही गर्न सक्ने अपेक्षाबीच सुनको मूल्य पनि उकालो लागेको हो । चीनले पनि बदलाको कराबाही गरेमा विश्वव्यापी व्यापार युद्ध हुन सक्ने अपेक्षा गरिएको छ ।