सिटी एक्सप्रेसको सेवा कुवेतबाट पनि «

सिटी एक्सप्रेसको सेवा कुवेतबाट पनि

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब अल अन्सारी एक्स्चेन्ज कुवेतबाट पनि सुरु भएको छ । सो सेवा अल अन्सारी एक्सचेन्ज कुवेतको क्यास एक्सप्रेस वल्र्डवाइडमार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिनेछ । अल अन्सारी एक्सचेन्जको ९ रेमिटान्स सेन्टरहरूबाट नेपालमा सिधै नगद पठाउन सकिनेछ ।
त्यसरी पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफर को ५ हजार ५ सयभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत सहज तरिकाले भुक्तानी लिन सकिने जनाइएको छ । अल अन्सारी एक्स्चेन्जका उच्च व्यवस्थापन पक्षले सिटी एक्सप्रेससँग सीधा रेमिटान्स सम्झौता भएकोमा खुसी यक्त गर्दै आगामी दिनहरूमा सिटी एक्सप्रेससँग नयाँ प्रविधिअनुसार सहकार्य गर्दै जाने जानकारी दिए । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा छट्टै पहिचान बनाउँदै बिगत ११ वर्षदेखि सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्