सानिमा बैंकबाट चेकबिनै भुक्तानी लिन सकिने «

सानिमा बैंकबाट चेकबिनै भुक्तानी लिन सकिने

सानिमा बैंकले डिजिटल काउन्टर सञ्चालनमा ल्याएको छ । डिजिटल काउन्टरमार्फत् सानिमा बैंकका ग्राहकले चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् ।
यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई–बैंकिङ’ बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्युआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।
ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रिया बिना सिधै डिजिटल काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको बैंकको दाबी छ । यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको छ । समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्