प्रभुु क्यापिटलको ३ वर्षे निःशुल्क डिम्याट योजना «

प्रभुु क्यापिटलको ३ वर्षे निःशुल्क डिम्याट योजना

पुँजीबजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेडले साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकका लागि ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन गरेको छ ।
‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ भन्ने नाराका साथ सञ्चालित यस योजनाअन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट लिन सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो र कम झण्झटिलो बनाउने अभिप्रायले यस क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको पनि कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्