देशभर ११ प्रतिशत मात्रै स्वास्थ्य बिमित «

देशभर ११ प्रतिशत मात्रै स्वास्थ्य बिमित

जुम्ला –राष्ट्रिय जनगणना २०६८ अनुसार स्वास्थ्य बिमा कार्यक्रम देशभरका ४६ जिल्लामा कार्यान्वयनमा रहेको छ । ४६ जिल्लाको कुल जनसंख्या १ करोड ५० लाख ४५ हजार ९ सय २९ रहेको छ । जसमा १६ लाख ८६ हजार २ सय २९ जना मात्रै स्वास्थ्य बिमा कार्यक्रममा सहभागी रहेको महालेखा परिक्षाको प्रतिबेदनले जनाएको छ ।
प्रतिबेदन अनुसार कार्यक्रम संचालन भएका ४६ जिल्लाको कुल जनसंख्याको कार्यक्रममा सहभागी जनसंख्याको आकलन गर्दा ११ प्रतिशत मात्रै नागरिक बिमाको पहुँचमा रहेका छन् । भने बाँकी ८९ प्रतिश नागरिक भने अहिले सम्म स्वास्थ्य बिमाको पहुँचबाहिर रहेको प्रतिबेदनमा उल्लेख छ । तथ्यांक अनुसार हरेक नागरिकलाई बिमाको पहुँचमा पुराउने सरकारको लक्ष्य असफल भएको देखिन्छ ।
सर्वसाधारणको योग्दानमा आधारित स्वास्थ्य बिमा कार्यक्रमको दिगोपना तथा जनसहभागीता बृद्धिका लागि सरकारले खास्सै प्रभावकारी पहल गरेको देखिएन् । जसका कारण कार्यक्रम शुरु भएको वर्षौ सम्म अहिले सम्म ८९ प्रतिशत नागरिक अझै बिमाको पहुँच बाहिर रहेका छन् । ४६ जिल्लाका १६ लाख ८६ हजार २ सय २९ जना लाभान्वित बाट १ अर्ब २९ करोड ८० लाख २० हजार बिमा शुल्क प्राप्त भएको छ ।
जसबाट २२ हजार २ सय २८ जनाले स्वास्थ्य सेवा लिँदा २ अर्ब १३ करोड ६ लाख ९० हजार शोर्धभर्ना भुक्तानी अर्थात खर्च भएको छ । प्राप्त बिमा शुल्क तथा सेवाग्राहिलाई दिएको सेवा रकम बीच ठुलो अन्तर देखिएकाले स्वास्थ्य बिमा कार्यक्रम दिगो रुपमा संचालन गर्न विचारणिय रहेको समेत मलेपाको प्रतिबेदनमा उल्लेख छ । सरकारले आव २०७५-७६ भित्रै देशका ७७ जिल्लामा सेवा विस्तार गर्ने लक्ष्यका साथ ६ अर्ब बजेट विनियोजन गरेको थियो । कार्यक्रम संचालन भएका ४६ जिल्ला मध्य ३१ जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न नसकी ३ अर्ब ३७ करोड बजेट रकमान्तर गरिएको छ । सरकारको लक्ष्य अनुसार बिमाको पहुँच नबढ्नु, कार्यान्वयन हुन नसक्न्ले सेवाको ग्णस्तर सुनिश्चित गरी सचेतना मुलक कार्यक्रम अघि बढाउनु पर्ने मलेपाको रिर्पोटको निष्कर्ष छ ।
सेवाको निरन्तरता, बिमा आबद्धता, कार्यक्रममा दोहोरोनापना,कोषको परिचालन लगायतका विषयबस्तुलाई चुस्त रुपमा कार्यान्वयन गरेमा मात्रै स्वास्थ्य बिमाको पहुँच बढ्ने देखिन्छ । अन्यथा सरकारको लक्ष्य सफल नहुने,प्रभावकारी सेवा नपाईने परिस्थिती सृजना भएको छ ।

प्रतिक्रिया दिनुहोस्