घरमै स्वास्थ्य सेवा पु-याउन सजिलो मेडस «

घरमै स्वास्थ्य सेवा पु-याउन सजिलो मेडस

‘अनलाइन फर्मा सबैको घरघरमा’ भन्ने उद्देश्यसहित सजिलो मेडस प्रालिले आफ्नो कार्य सञ्चालन गर्ने भएको छ । विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घरघरमा मेडिकल परामर्श, औषधि आपूर्ति र स्वास्थ परीक्षणको सेवा दिने जनाएको छ ।
पहिलो चरणमा इमर्जेन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येक घरमा प्रेस्किप्सन अपलोड गरेका आधारमा आवश्यक औषधि पु-याउने तथा दोस्रो चरणमा काठमाडौंभित्र तोकिएको केन्द्रबाट ल्याब सेवा प्रदान गरिने सजिलो मेडसले जनाएको छ ।
यो सबै कार्य मैतीदेवीस्थित कार्यालयबाट अनलाइन सफ्टवेयरमार्फत सञ्चालन, नियन्त्रण र निर्देशन गर्ने कार्यक्रम छ । कम्पनीको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई छन् । वैदेशिक रोजगारी र अध्ययनका लागि प्रायः प्रत्येक घरबाट विदेशिएका कारण घरमा रहने वृद्धवृद्धालाई स्वास्थ्य सेवा लिनमा आइरहेको कठिनाइलाई दृष्टिगत गर्दै स्वास्थ्य सेवामा सजिलो पहुँच पुगोस् भन्ने उद्देश्यले सजिलो मेडस संचालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्