दाइलाई क्यास ब्याक, भाइलाई नयाँ यामाहा बाइक

जलेश्वरका रतिशकुमार झा बिहीबार अलि व्यस्त थिए । बीएसएम गरेर उनका भाइ सतिशकुमार भारतको कोलकाताबाट फर्कंदै थियो । काठमाडौंमै बसोबास गर्ने गरी फर्किरहेका भाइका लागि एउटा मोटरसाइकल किन्ने घर सल्लाह भएको थियो । त्यसैअनुसार उनी कान्तिपथस्थित यामाहाको सोरुममा दिउँसा पुगेका थिए, भाइलाई सप्राइज गिफ्ट दिन ।
“भाइ घर पुग्नुअघि नै उसको लागि हामीले मोटरसाइकल किनेर ल्याउने हाम्रो योजना थियो,” रतिशकुमारले भने, “अहिलेका युवाले रुचाउने यामाहाको एफजीएस एफआई भाइका लागि किन्न म यामाहा सोरुम आएको थिएँं । तर, भाइलाई सप्राइज दिन आएको म आफैं सप्राइज भएँ ।” यामाहाको नयाँ वर्ष योजनाअन्तर्गतको स्क्र्याचबुक कोर्दा उनले ५० प्रतिशत क्यास ब्याक पाएर उनी ‘सप्राइज्ड भएका थिए ।
पहिलो स्क्र्याच कोर्दा पाँच हजार परेको थियो उनलाई । “मैले त पाँच हजारमै चित्त बुझाइसकेको थिएँ,” रतिशकुमारले भने । दोस्रो, तेस्रो र चौथो स्क्र्याचमा उनलाई क्रमसः एयरफिल्टर, कप र पफ्र्युम प¥यो । तर, अन्तिम स्क्र्याच कोर्दा उनी खुसीले उफ्रिए । त्यसमा ‘५० प्रतिशत क्यास ब्याक’ लेखिएको थियो ।
“केही पैसा आफ्नो, केही पैसा सापटी लिएर दुई लाख ६५ हजार रुपैयाँ पु¥याएर आएको थिएँ,” उनले भने, “अन्तिम स्क्र्याच कोरेपछि त मैले आधा पैसा फिर्ता पाउने भएछु ।” यामाहाका स्टाफहरू पनि उफ्रेर मलाई घेर्न आए, अनि बधाई दिए । “मलाई त सपना हो कि विपना हो भइरहेको थियो,” उनले भने, “पैसै फिर्ता पाएपछि बल्ल विश्वास भयो र घर परिवार र बसबाट काठमाडौं फर्किरहेको भाइलाई खबर गरेँ । मेरो भाइ त डब्बल खुसी भयो । बाइक गिफ्ट, त्यो पनि आधा मूल्यमा !”
यामाहाले चैतको पहिलो दिननै आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । “आमन्त्रण” नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउननेछन् । जसमा उनले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म स्योर सट डिस्काउन्ट र १०० प्रतिशतसम्म क्यास ब्याक पाउन सक्नेछन् । यो योजनामा मा अझ धेरै उपहार र फुल क्यास ब्याक भएको यामाहाका मार्केटिङ हेड प्रदिप पोखरेलले बताए । उनका अनुसार स्क्र्याच बुकमा पाँचवटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’ बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन् ।