चीनले पनि अमेरिकी भटमास, अटो र विमान नकिन्ने

बेइजिङ-अमेरिकाले चीनमाथि ६० अर्ब डलरको भन्सार लगाएमा चीनले पनि अमेरिकी भटमास, अटो र विमान नकिन्ने चीनका पूर्व वित्त मन्त्री लोउ जिवीले बताए ।
“यदी म सरकारमा भएको भए सम्भवतः मैले सबैभन्दा पहिला भटमास, अटो र विमानलाई निशाना बनाउने थिए,” हाल नेसनल काउन्शील फर सोसियल सेक्युरिटी फन्डका अध्यक्षले बाताए ।लामो समयदेखि अमेरिकी कृषकको समूह चीनबाट त्रसित हुदै आएको छ । चीनले अमेरिकामा हुने भटमासको उत्पादनको एक तिहाई भन्दा बढी खरिद गर्दै आएको छ । अमेरिकाले चीनलाई ६० अर्ब डलरको भन्सार लगाएपछि कृषि उत्पादनको खरिद मन्द हुने यसले संघर्षरत अवस्थमा रहेको कृषि क्षेत्रमा थप पीडा पुग्न सक्ने बताइएको छ ।गत वर्ष अमेरिकाले चीनमा गरेका कृषि निर्यात १९.६ अर्ब डलर पुगेको थियो । भटमासको निर्यात मात्रै १२.४ अर्ब डलरको थियो ।
अमेरिकी भटमासमा चीनले लगाउने दण्डले विशेषगरी आयोवा राज्य प्रभावित हुने भएको छ । यो राज्यले २०१६ को राष्ट्रपतिय चुनावमा ट्रम्पलाई समर्थन गरेको थियो ।चीनको निशानामा बोइङका जेटहरु पनि पर्न सक्ने उल्लेख गरेको छ ।
विश्वव्यापीकरणका कारण चीन र अमेरिका दुवैले लाभ लिएको ब्ल्याकक्रकका ल्यारी फिंकले एक अवसरमा बताएका थिए ।
“संवाद र व्यापार तथा व्यापारिक नीतिमा केही समायोजन हुन सक्ने विश्वास मैले लिएको छु । यसलाई सार्वजनिक रुपमै व्यक्त गरिनु आवश्यक छैन । यसालई गोप्यताका साथ पनि गर्न सकिन्छ,” उनले बताए ।एप्पलका टीम कुकले विवादकाबीच शान्त रहनका लागि आग्रह गरेका छन् ।
चीन–अमेरिकाबीचको व्यापारिक विवादले एप्पल जस्ता कम्पनी पनि प्रभावित हुन सक्छ । एप्पलले अन्य मुलुकमा निर्यात गर्ने धेरैजसो आफ्ना उत्पादन चीनमा उत्पादन गर्दै आएको छ ।चीनबाट अमेरिकाले धेरैजसो विद्युतीय सामान र प्रविधि खरिद गर्दै आएको छ ।केही अर्थशास्त्रीहरुले उच्च अमेरिकी भन्सारले अमेरिकी उपभोक्ताले प्रयोग गर्ने सामग्री पनि उच्च हुने र चिनियाँ लगानीमा प्रतिबन्ध लगाउनाले अमेरिकाबाट धेरै रोजगारी अन्यत्र सर्न सक्ने बताएका छन् ।