कुरीतिका कारण प्रदेश ५ अत्यधिक मारमा «

कुरीतिका कारण प्रदेश ५ अत्यधिक मारमा

सोच नेपाल नामक संस्थाले गरेको मिडिया सर्भेक्षणले तीन महिनाको अवधिमा देशभर कुरीतिका कारण १७१ जना प्रभावित भएको देखाएको छ । २०७६ चैत १९ गते देखि २०७७ जेठ १९ सम्म राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक भएका विषयलाई अध्ययन गरेर तयार पारिएको यस अभिलेखले यस्तो देखाएको हो ।
यो अवधिमा छुवाछूत १७, बालविवाह १३६, लैङ्गिक विभेद प्रथाका १४, बहु विवाहका २, कुमारी प्रथाका १, झाँक्री प्रथा १ गरि कुल १७१ जना मानिस कुरितिका कारण मानसिक र शारीरिक रुपमा प्रभावित भएको विभिन्न पत्रपत्रिका तथा आलाइन खवरहरुमा प्रकाशित भएको पाइएको छ ।
यसै त्रैमासिकमा दुई प्रकारका कुरीतिका कारणले ७ जनाको ज्यान गएको पाइएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला र दलित रहेका छन् । कुरीतिकै कारण अधिकांश महिला तथा दलित समुदाय शारिरिक तथा मानसिक हिंसाको शिकार भएका छन् ।
तीन महिनामा कुरीतिका कारण २ सिंगै समुदाय प्रभावित भएका छन् । यस त्रैमासिकमा प्रदेश ५ का जनता कुरीतिबाट बढी प्रभावित भएको पाइएको छ । यसैगरी सुदूरपश्चिम प्रदेश पनि उतिकै कुरीतिबाट प्रभावित भएको पाइएको छ । यसपटक सबैभन्दा कम कुरीतिको घटनाहरु प्रदेश ५ र ७ मा भएको पाइन्छ ।
यसै त्रैमासिकमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय प्रेमी जोडीले विवाह गर्न खोज्दा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक लगाएत अन्य ५ जना साथीको स्थानीय कथित माथिल्लो जातका गाउँलेबाट कुट्पिट र लखेट्दै हत्या भएको छ ।
सोच नेपालले कानुनी प्रक्रिया छिटो भन्दा छिटो अगाडि बढोस् र दोषीलाई कानुनी रुपमा हदैसम्म कारबाही होस् भनेर मागसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्