क्यामेल्स रेटिङमा विदेशी साझेदार बैंक अगाडि

सञ्चालनमा रहेका बैंकहरूका आधारभूत सूचकहरूलाई आधार माथि गरिएको क्याले रेटिङको शीर्ष ५ मा विदेशी साझेदार भएका निजी क्षेत्रका बैंकहरू परेका छन । तर, विदेशी साझेदार नभएको सानिमा बैंक भने पाँचौं स्थानमा छ ।
विदेशी साझेदार भएका बैंकहरूको वित्तीय अवस्था अन्य बैंकहरको तुलनामा राम्रो देखिएको छ । बैंकहरूको रेटिङ गर्ने प्रणाली क्यामेल्समा व्यवस्थापना र बजार संवेदनशीलता बाहक बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण गरिएको रेटिङका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक शीर्ष स्थानमा छ । गैरआवासीय नेपालीको लगानीमा सञ्चालन भएको सानिमा बैंक पाँचौं स्थानमा छ । विदेशी बैंकका लगानी भएका बैंक अन्तर्राष्ट्रिय बैंकिङ नम्र्सको पूर्ण पालना गर्ने भएकाले अघि भएका हुन् ।
बैंकिङ व्यवसाय सञ्चालन गर्दा नियामक र बैंकिङ नर्मको पूर्ण पालनाले सफल भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख सञ्चालन अधिकृत दिवाकर पौडेलले बताए । “सफलतासँगै निरन्तर वृद्धि कायम राखिराख्नु चुनौतीको विषय हो,” उनले भने, “व्यावसायिक कर्मचारीको लगानी तथा ग्राहक शुभेच्छाको महत्वपूर्ण भूमिका हुन्छ ।” स्ट्याण्डर्ड चार्टर्ड बैंकले अन्तर्राष्ट्रिय बैंकिङ मान्यतालाई अंगिकार गरी बैंकिङ व्यवसाय गर्ने भएकाले पनि सफलतालाई निरन्तरता दिन सफल भएको उनले बताए । बैंकले आफूलाई जुनसुकै अवस्थामा पनि सचेत र होसियार भएर काम गर्ने भएकाले समग्र प्रणालीको समस्याले पनि धेरै प्रभावित नभएको पौडेलको तर्क छ ।
शीर्ष पाँचमा रहेको बैंकहरूमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लण्डनका लगानी छ । त्यसैगरी दोस्रो स्थानमा रहेको एभरेस्ट बैंकमा भारतीय नेसनल बैंक अफ पन्जावको लगानी छ । तेस्रो स्थानमा रहेको नकिल बैंकमा आयरल्यान्डको एनबी इन्टरनेसनल कम्पनीको लगानी छ । त्यसैगरी चौथो स्थानमा रहेको एसबीआई बैंकमा स्टेट बैंक अफ इन्डियाको लगानी छ ।
गत आर्थिक वर्षका वित्तीय विवरणका आधारमा पनि स्ट्याण्डर्ड चार्टर्ड बैंक नै सर्वोत्कृष्ट देखिएको थियो । चार्टर्डको प्रथम हुने क्रम भने चालू आर्थिकको वर्षको दोस्रो त्रैमासमा पनि कायम नै छ । आव ०७४÷७५ को पुस मसान्तसम्म बैंकहरूको पुँजी कोष अनुपात, खराब कर्जाको अंश, सेयर पुँजीमा प्रतिफल र कर्जा निक्षेप अनुपातको अवस्थाका आधारमा गरिएको आधारभूत विश्लेषणअनुसार स्ट्याण्डर्ड चार्टर्ड पहिलो भएको हो ।
चालू आवमा बैंकहरूले अत्याधिक रूपमा कर्जा प्रवाह बढाएपछि अधिकांश बैंकहरूको पुँजी कर्जा तथा निक्षेप(सीसीडी) रेसियो बढेको छ । तर, राष्ट्रिय वाणिज्य बैंकर नेपाल बैंकको सीसीडी रेसिया कम भएको हुनाले शीर्ष पाँच बैंकलाई यी २ सरकारी बैंकले पछ्याएका छन् । बैंकहरूको सीसीडी अनुपात ८० को हाराहारीमा पुगेको हुनाले पछिल्लो समयमा कर्जा प्रवाहमा नै समस्या आएको छ । त्यो समस्यालाई सहज होस् भनेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षमार्फत सीसीडी गणना केही खुकुलो बनाएको छ ।
यो रेटिङ बैंकहरूको पुँजीकोष अनुपात, सम्पत्तिको गुणस्तर अर्थात् खराब कर्जाको अंश, सेयरधनीले लगानी गरेको पुँजी परिचालनको अवस्था र बैंकले सर्वसाधारणबाट लिएको निक्षेप र प्रवाह गरेको कर्जाबीचको अनुपातको औसत निकालिएको हो । बैंकहरूको वर्गीकरण गर्दा सबै ४ सूचकलाई १०० प्रतिशत मानि औसत अंक निकाली सबैभन्दा धेरै अंक प्रप्त गर्ने बैंकलाई शीर्ष स्थानमा राखिएको हो ।
बैंकको सम्पत्तिको गुणस्तर खराब कर्जाले प्रष्ट बनाउँछ । नेपाल सन्दर्भमा केन्द्रीय बैंकका अनुसार खराब कर्जा ५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । त्यसैगरी पुँजीकोष ११ प्रतिशत हुनै पर्छ । तर, पुँजी कोष अनुपातलाई २० वा २० भन्दा माथि हुनु स्तरीय मानिन्छ । केन्द्रीय बैंकले कर्जा निक्षेप अनुपात ८० प्रतिशत तोकको भए पनि ५० प्रतिशतलाई स्ट्याण्डर्ड मानिन्छ । सेयरधनीको पुँजीमा हुने प्रतिफल जति धेरै भयो बैंकको कार्यसम्पदान तथा लगानीको अवस्था सकारात्मक हुन्छ ।
खराब कर्जा ५ प्रतिशत बा सोभन्दा माथि भएको बैंकलाई सून्य अंक प्रदान गरिएको छ । त्यसैगरी खराब कर्जा नभएका बैंकलाई सय अंक प्रदान गरिएको छ । सोहीअनुसार अंक भार निकालिएको छ । त्यसैगरी पुँजीकोष २० वा सोभन्दा धेरै भएको बैंकलाई शतप्रतिशत अंक दिइएको छ । सोभन्दा थोरै हुनेलाई ५ ले गुणन गरी निकालिएको छ । सहजीकरणका गर्दा पुँजीकोष एक प्रतिशत भएको बैंकले ५ अंक पाएको छ । सोअनुसार सबै बैंकको पुँजीकोषलाई अंकका परिवर्तन गरिएको छ ।
बैंकहरूको तरलता अर्थात् कर्जा निक्षेप अनुपात पनि ५० प्रतिशत भएको बैंकलाई शतप्रतिशत अंक दिइएको छ । सोभन्दा बढी हुने बैंकलाई एक सयमा हालको तरलता घटाइ २ ले गुणन गरी निकालिएको हो । सेयरधनीको पुँजीमा बैंकहरूले गरेको आम्दानी ३० प्रतिशतसम्म गरेका बैंकलाई पूर्ण अंक दिएको छ । सोभन्दा थोरै इक्युटीमा प्रतिफल(आरओइ) गर्ने बैंकको सन्दर्भमा सम्बन्धित बैंकको आरओइलाई ३.३३३ ले गुणन गरी निकालिएको छ । यी चार सूचकको औसत अंकका आधारमा २८ बैंकलाई रेटिङ गरिएको हो ।
दोस्रो त्रैमाससम्ममा सबैभन्दा कमजोर अर्थात् श्रेणी क्रमको अन्तिममा एनसीसी बैंक छ । बैंकको खराब बर्जाको अंश ४.०४ प्रतिशत भएकाले सबैभन्दा तल पुगेको हो । त्यसैगरी प्रभु बैंकको खराज कर्जा पनि धेरै र पुँजीकोष पनि थोरै भएको हुनाले दोस्रो कमजोर बैंकका रूपमा देखिएको हो ।
यो रेटिङअनुसार सबैभन्दा राम्रो सम्पत्तिको गुणस्तर भएको बैंकमा सानिमा बैंक छ । सबैभन्दा धेरै पुँजीकोष हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक छ । यसैगरी सबैभन्दा राम्रो स्तरमा कर्जा निक्षेप अनुपात हुने बैंकमा राष्ट्रिय वाणिज्य बैंक छ भने सेयरधनीको पुँजीमा धेरै प्रतिफल दिने बैंकमा पनि राष्ट्रिय वाण्ज्यि बैंक छ ।