कोरोनाभाइरस र चीन–अमेरिका तनावले सुनको मूल्य उचाईमा

वासिङटन-कोरोनाभाइरस र अमेरिका–चीन तनावले लगानीकर्ताको ध्यान खिचेपछि सुनको मूल्य कीर्तिमानी उचाईमा पुगेको छ ।
अघिल्लो कारोबारको तुलनामा खुद्रा सुनको मूल्यमा २ प्रतिशतले वृद्धि भएर प्रति औंश १९४३.९२७५ डलरमा कारोबार भएको छ । यो अघिल्लो उच्च मूल्य २०११ को सेप्टेम्बरको भन्दा पनि बढी हो ।
थोक सुनको मूल्यमा पनि २ प्रतिशतलेनै वृद्धि भएर १९३८.७० डलरमा कारोबार भएको छ ।
“भू–राजनीतिक तनावले सुनलाई निरन्तर समर्थन गर्ने हामीले सोचेको समयमा सुनको मूल्यको प्रारम्भिक वाहकको वास्तविक व्याज दर र डलरसँगको नकारात्मक सह सम्बन्ध हुने गरेको छ । यी तीन तत्वले उत्पादकले पुँजीगत खर्चमा अवरोध सिर्जना गर्ने र सुनको मूल्य उच्च हुन जान्छ,”यूबीएसका प्रमुख लगानी अधिकृत मार्क हेफेलले बताए ।
मूल्य बढ्नुपूर्व वितरण गरिएको टिप्पणीमा कमनवेल्थ बैंक अफ अस्ट्रेलियाका विवेक धारतले भने,“अन्य तत्व जस्तै अमेरिकी डलर कमजोर हुदा सुरक्षित सम्पत्तिको मागमा वृद्धि हुने गर्छ ।”
१० वर्षे ट्रेजरीको प्रतिफल अन्तिम पटक ०.५८५६ प्रतिशत थियो । विश्वका अन्य प्रमुख मुद्राको तुलनामा अमेरिकी डलर ९३.९०६ रहेको थियो । गत साताको मजबुत अवस्थाबाट येन १०५.६० येनमा कारोबार भएको छ । गत साता यो प्रति डलर १०६.४० येनमा कारोबार भएको थियो ।
यो बहुमूल्य पहेँलो धातुको मूल्यमा वासिङटन र बेइजिङबीचको तनावले पनि भूमिका निर्वाहा गरेको छ ।