गुन्जी, कालापानी र लिम्पियाधुरालाई आफ्नो भएको भारतीय दाबी

भारतले नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरालाई आफ्नो भनेको छ । आफ्नो तर्फबाट भएका गल्ती सच्च्याएर विवादित भनिएको नेपाली भूमिमा फेरि भारतले आफ्नो दाबीलाई स्पष्ट पारेकोमा कूटनीतिक क्षेत्र चिन्तित बनेको छ ।
नयाँ दिल्लीस्थिति दूतावास र परराष्ट्र मन्त्रालयको संयन्त्र मौन बसेको देखिन्छ । १४ जुलाई २०२० मा भारतको उपजिल्ला अधिकारी धारचुलाले नेपालका प्रमुख जिल्ला अधिकारी दार्चुलालाई पठाएको पत्रबाट भारतले नेपाली भूमिलाई आफ्नो क्षेत्र बनाएको बताएको छ ।
गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गरिएको सो पत्रले कूटनीतिक रूपमा गम्भीर स्थिति बन्दै गएको संकेतको थप पुष्टि यसबाट भएको पूर्व राजदूत श्यामानन्द सुमनले बताए ।
दुवै पक्षबाट पश्चिम नेपालको सीमासँग जोडिएको त्यो क्षेत्र विवादित भूमि रहेको बुझिएको बेला यो पत्र पठाउनु भनेको नेपालका ठोस प्रमाणहरूको अपहेलना भएको पूर्व राजदूत सुमनको बुझाइ छ ।
नेपाली नक्शा संसदबाट पारित भएपछि त्यो क्षेत्रले नेपालीहरूको ध्यान आकृष्ट गरेको छ । विभिन्न समूहहरू त्यस क्षेत्रमा गइरहेका छन् । नेपालीहरूलाई त्यस क्षेत्रमा जानका लागि रोक लगाउनु आफैंमा आश्चर्यको विषय भएको उनको भनाइ छ ।
बिभिन्न नेपाली गुट-समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउने गरेको र यसबाट मिडियाको ध्यान आकृष्ट गर्न खोजिएको भन्दै यस क्षेत्रमा नेपालीहरूको प्रवेशमा रोक लगाउन भनिएको छ ।
यसबारे नेपालका लागि भारतीय राजदूत निलाम्बर आचार्यले पनि टाइम्स अफ इन्डियामा दिएको अन्तर्वार्तामा चासो व्यक्त नगरेको पाइएको छ ।
एक साता बीचको अन्तरमा आएको यो पत्र साँचो हो भने अहिलेको संवेदनशील अवस्थामा कूटनीतिक कमजोरी भएको कूटनीतिज्ञहरूको बुझाइ रहेको छ ।