अजोड इन्स्योरेन्सको सेयर सूचीकृत «

अजोड इन्स्योरेन्सको सेयर सूचीकृत

अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको छ । कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण सेयर खुल्ला बिक्री आह्वान गरेको थियो ।
सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता सेयर समेतगरी एक लाख कित्ता सेयर वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको कमपनीले जनाएको छ । सेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे ।

 

प्रतिक्रिया दिनुहोस्