घट्दो सेयर बजारका चुनौती र अवसर «

घट्दो सेयर बजारका चुनौती र अवसर

सेयर बजारमा विभिन्न कम्पनीको सेयर मूल्य निरन्तर रूपमा घट्ने र बढ्ने प्रक्रिया भइ नै रहन्छ, जसले गर्दा नै नेप्से परिसूचक तलमाथि भइरहन्छ । सेयर बजार कुन बिन्दुसम्म घट्छ ? अथवा न्यूनतम बिन्दु कुन हो ? भनेर यकिन तथ्याङ्क त दिन सकिँदैन, तर पनि राजनीतिक, आर्थिक र प्राकृतिकका साथै अन्य विविध कारणले सेयर बजारलाई नकारात्मक तथा सकारात्मक दुवै असर र अवसर प्रदान गरिरहेको हुन्छ । विगत वर्षहरूको तुलनामा यो वर्ष सेयर बजारमा सकारात्मकभन्दा नकारात्मक असर बढी परेको देखिन्छ । त्यसैले निरन्तर रूपमा सेयर बजार ओरालो लागेको लाग्यै छ । त्यसैले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूका लागि यो (२०७४ साल) वर्ष त्यति फलदायी होला जस्तो देखिँदैन । विगत केही समयदेखि निरन्तर रूपमा घट्दै गइरहेको सेयर बजारले लगानीकर्ताहरूलाई हतोत्साही बनाएको छ । सेयर बजार बढ्ने र घट्ने नियमित प्रक्रिया नै भए पनि यसरी निरन्तर ओरालो लाग्नाले लगानीकर्ताहरू धेरै नै चिन्तित देखिन्छन् । वास्तवमा भन्ने हो भने धैर्य गर्न सक्ने लगानीकर्ताहरू ‘पर्ख र हेर’ को रणनीतिक अवस्थामा देखिन्छन् । धैर्य गर्न नसक्ने लगानीकर्ताहरू घाटामा नै भए पनि बेचेर लगानीलाई सुरक्षित गर्न खोजिरहेका देखिन्छन् ।
राजनीतिक स्थिरताले अर्थतन्त्रमा परिवर्तन आई सेयर बजार उकालो लाग्ला भनी उत्साहित भएका लगानीकर्ताहरूमाझ चिन्ता बढेको छ । नया“ सरकार बनेस“गै सेयर बजार पनि उकालो लाग्ला भनी अपेक्षा गरिरहेका लगानीकर्ताहरूमा निराशा पैदा भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सामान्य अंकले बढेको सेयर बजार त्यसको भोलिपल्टदेखि पुनः निरन्तर ओरालो लागिरहेको छ । त्यसपछि युवराज खतिवडा अर्थमन्त्री हुँदासमेत सामान्य रूपमा सेयर बजार बढे पनि त्यो धेरै समय टिक्न सकेन । यसरी सेयर बजारमा भएको निरन्तर गिरावटले लगानीकर्ताहरूमा निराशा बढिरहेको छ । सरकारले पूर्णता पाएस“गै, राजनीतिक स्थिरता भएसंगै र अर्थतन्त्रसंग अत्यन्तै राम्रो जानकार राख्ने अर्थमन्त्री भएपछि त पक्कै सेयर बजार उकालो लाग्ला भनी सोचिरहेका लगानीकर्ताहरू गालामा हात लाएर बस्न बाध्य भएका छन् ।
सेयर बजारमा पहिलेदेखि नै लगानी गरिरहेका लगानीकर्ताहरू यसरी निरन्तर घटिरहेको सेयर बजारबाट अवश्य नै दुःखी भएका छन् । आफूले किनेको कम्पनीको मूल्य दिन प्रतिदिन घट्दा आर्थिक मात्र नभई मानसिक दबाबसमेत दिन प्रतिदिन बढिरहनु स्वाभाविक नै हो । आफूले सेयर बजारमा लगानी गरेको क्षेत्रको अथवा कम्पनीको मूल्य जब घट्छ चिन्ता त अवश्य बढ्छ । यसरी चिन्ता बढेसंगै एकाध लगानीकर्ताहरू आफ्ना असन्तुष्टि छताछुल्ल फेसबुकलगायतका सोसियल मिडियाहरूमा अव्यावहारिक र अमर्यादित ढङ्गले व्यक्त गरिरहेका छन् । कसैले पुस्तक लेखकमाथि त कसैले सरकारलाई दोषारोपण गरिरहेका छन् । के यस्तो प्रक्रियाले सेयर बजार उकालो लाग्ला ? अमर्यादित ढङ्गले गालीगलौज गर्दा आफ्नो लगानी सुरक्षित होला ? यस विषयमा ध्यान जानु आवश्यक छ ।
ओरालो लागिरहेको सेयर बजार कुन बिन्दुबाट उकालो लाग्ला भन्न सकिने अवस्था छैन । पुराना लगानीकर्ताहरूका लागि यस्तो घट्दो सेयर बजार चुनौतीका रूपमा खडा भएको छ । यसरी घट्दै गएको सेयर बजारले पुराना लगानीकर्ताहरूलाई ‘एउटा गीत छ अहिले गाउ“ कि भरे गाऊ“’ भन्ने नेपाली उखान चरितार्थ भएको छ । आफुले लगानी गरेको कम्पनीको मूल्य दिन–प्रतिदिन घट्दै जानाले धैर्य गर्न नसक्ने लगानीकर्ताहरू राखूँ कि बेचूँ भन्ने अवस्थामा रहेका छन् । जो घट्दो सेयर बजारबाट अत्तालिएका छन्, उनीहरू आफूसंग भएको सेयर घाटा खाएरै भए पनि बिक्री गरी सम्पत्तिको सुरक्षा गर्नेतर्फ लागेका छन् । जो धैर्यवान् छन्, उनीहरू सेयर बजार अवश्य बढ्छ भन्ने विश्वासका साथ ढुक्कसंग
रहेका छन् । यसरी घट्दो सेयर बजारमा ढुक्कसंग बस्ने धैर्यवान् लगानीकर्ताभन्दा घट्दो सेयर बजारबाट अत्तालिएका लगानीकर्ता ज्यादा हुनाले माग र पूर्तिको बेमेलबाट सेयर बजार दिन–प्रतिदिन घट्दै गएको देखिन्छ । सेयर बजारमा मागभन्दा आपूर्ति ज्यादा भएकाले कम्पनीको मूल्यमा गिरावट आएको देखिन्छ ।
सेयर बजारमा धैर्यको खचों आवश्यक हुन्छ । धैर्य रहन नसक्ने लगानीकर्ताहरू यहाँ बाट विस्थापित हुने गर्छन् । त्यसैले सेयर बजारलाई धैर्यको खेलभन्दा पनि हुन्छ । छोटो समयमा धेरै नाफा गर्ने भनी लगानी गर्ने लगानीकर्ताहरूमा धैर्य गर्न सक्ने क्षमता हुँदैन । लगानीकर्तामा जोखिम वहन गर्न सक्ने क्षमता हुन पनि आवश्यक छ । जोखिम वहन गर्न नसक्ने व्यक्ति वा समूह लगानीकर्ता हुन सक्दैन । अर्को शब्दमा भन्ने हो भने लगानीकर्तामा जोखिम गर्ने क्षमता हुनुपर्छ । फाइदा त व्यापारीले मात्र हेर्ने हो, तर जोखिम त लगानीकर्ताले नै वहन गर्ने हो । ‘हतार गरे भन्न सकिन्न, ढिलो गरे अवश्य पुगिन्छ’ भनेझैं धैर्य नगुमाए अवश्य पनि सेयर बजारबाट घाटा नहोला । त्यसैले लगानीकर्ताहरूमा धैर्य हुनु आवश्यक छ ।
कुनै पनि सामानको जति ग्राहक बढ्छन् त्यति नै मूल्य बढ्छ; अर्थात् जति माग बढ्छ त्यसको मूल्य पनि अवश्य नै बढ्छ । माग बढ्नु भनेको मूल्य पनि बढ्नु हो । त्यस्तै सेयर बजारमा पनि लगानीकर्ता बढे भने सेयर बजारको मूल्य पनि अवश्य नै बढ्नेछ अथवा ओरालो लागेको सेयर बजार अवश्य पनि उकालो लाग्नेछ । त्यसैले सेयर बजारलाई उकालो लगाउनका लागि नया“ लगानीकर्ता बढ्नु आवश्यक छ । यसरी नया“ लगानीकर्ताहरू बढ्नका लागि बढ्दो सेयर बजारभन्दा घट्दो सेयर बजार उपयुक्त हुने देखिन्छ । १८०० भन्दा बढी अंकमा पुगेको सेयर बजार लगभग १२०० अंकमा झर्नुले अथवा ६०० भन्दा बढी अंकले घट्नाले पुराना लगानीकर्ताहरूका लागि दुःखको कुरा भए पनि नया“ प्रवेश गर्न चाहने लगानीकर्ताका लागि भने सेयर बजारमा प्रवेश गर्ने एउटा सुखद समय हो । घट्दो सेयर बजार नया“ प्रवेश गर्ने लगानीकर्ताहरूका लागि अवसर हुन सक्छ । कुन बिन्दुसम्म घट्छ अथवा न्यूनतम बिन्दु यति नै हो भन्न नसकिए पनि घट्दो सेयर बजारले नया“ लगानीकर्ता अथवा सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूका लागि भने उत्तम समय हो, तर लगानी गर्नुभन्दा पहिला सेयर बजारको क्षेत्रमा पर्याप्त ज्ञान हुनु आवश्यक छ । सेयर बजारमा प्रवेश गर्नुभन्दा पहिला नेपाल धितोपत्र बोर्डमा सूचित भएका कम्पनीहरूका बारेमा भने पर्याप्त ज्ञान हुनु आवश्यक छ । हचुवाको भरमा कम्पनी छनौट गर्नुभन्दा आफूले सेयर खरिद गर्ने कम्पनीहरूका बारेमा आवश्यक जानकारी राखेमा भोलि हुन सक्ने जोखिमलाई अवश्य पनि न्यूनीकरण गर्न सकिन्छ । त्यसैले कम्पनीसम्बन्धी पर्याप्त ज्ञान हासिल गरी लगानी गरे भविष्यमा पछुताउनु नपर्ला भन्न सकिन्छ । बढ्दो सेयर बजारभन्दा घट्दो सेयर बजार नै नया“ लगानीकर्ताहरूका लागि उपयुक्त अवसर हुन आउ“छ, जसबाट उनीहरूले थोरै पुँजीबाट सेयर बजारमा प्रवेश गरी अधिकतम फाइदा लिन सक्छन् । त्यसैले २०७४ सालको उत्तराद्र्धमा घटिरहेको घट्दो सेयर बजार नया“ प्रवेश गर्ने चाहने लगानीकर्ताका लागि उपयुक्त अवसर भने पक्कै हुन सक्ला ।

सरोज बराल

प्रतिक्रिया दिनुहोस्