लुम्बिनीमा नेपाल–चीन दौत्य सम्बन्धको वार्षिकोत्सव मनाइयो «

लुम्बिनीमा नेपाल–चीन दौत्य सम्बन्धको वार्षिकोत्सव मनाइयो

भैरहवा- नेपाल–चीन दौत्य सम्बन्धको ६५ औं वर्षको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले आइतबार विभिन्न कार्यक्रम गरेको छ । सो अवसरमा बिहान मायादेवी मन्दिर परिसरमा विश्व शान्तिको कामनासहित प्रार्थना सभाको आयोजना भएको थियो ।
सो क्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष तथा लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेय सहितका स्वदेशी तथा विदेशी भिक्षुहरुले शान्तिको कामनासहित परित्राण पाठ गरेको संस्थाका महासचिब मनिष कुमार जोशीले बताए
त्यसैगरी बिहान नै एसियन हाईवेमा विभिन्न जातका ६५ वटा वृक्ष रोपण गरिएको थियो । दौत्य सम्बन्धकै अवसरमा लुम्बिनी बौद्ध विश्वशिद्यालयमा नेपाल र चीनको सम्बन्ध बिगतदेखि वर्तमानसम्म विषय विचार गोष्ठी आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्