दैनीक करोडौको राजस्व गुम्दै «

दैनीक करोडौको राजस्व गुम्दै

बारा -राजस्व अनुसन्धान कार्यालय पथलैयाले गत आर्थिक वर्ष देखी ढुवानी सेवामा लागु गरीएको मूल्य अभिवृद्धि कर (भ्याट) हेर्ने काम आफ्नो  नभएको बताए पछि दैनीक करोडौंको  राजस्व राज्यले गुमाउन थालेको छ ।
राजस्व छली, तस्करी लगाएतका चेक जाच अनुसन्धान गर्न स्थापना गरीएको कार्यालयले गत आर्थिक वर्ष देखी ढुवानी सेवामा लागु गरीएको भ्याटको प्रभावकारी कार्यान्वयन नहुदा हालसम्म अनुसन्धान र कारवाही नथाले पछि दैनीक करोडौ राजस्व राज्यले गुमाउन थालेको हो ।
कर्यालयका प्रमुख राजन बि.सिले यो आन्तरीक राजस्व कार्यालयले हेर्ने काम हो मेरो होईन भने पछि दैनिक सयौं  सवारी साधन ढुवानी सेवामा लागु गरीएको मूल्य अभिवृद्धि कर (भ्याट) बिना चल्ने गरेको छ ।
उधोगबाट लोड भएका सामानको ढुवानी सेवा बापतको भ्याट ट्रक संचालक, ढुवानी सेवा (दलाल) र सामान खरीद कर्ता बिच गत आर्थिक वर्ष एक अर्कालाई देखाई सके पनि चालु आर्थिक वर्षमा पनि  प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक थानेश्वर गौतमले ढुवानी सेवा प्रदाएक एजेण्ट दलालले ढुवानी सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) काटनु पर्ने बताए । उनले भ्याट थोरैले प्रयोग, धेरैले नकाटी दुरुपयोग गरेको सम्बन्धमा राज्यले लागु गरेको नितीमा करदाताको उपस्थिती हेर्ने बिभागको निकाय, अनुसन्धान, अप्रेसन गर्ने टोलीले निगरानी थालेको जानकारी गराए ।
दैशैभर खुद्रा बुकिङ्ग गर्ने ट्रान्सर्पोट, ठुलो परिणममाका ढुवानी सेवाको कारोबार गर्ने (दलाल)ले ढुवानी भ्याटमा कारोबार थाले पनि धेरै ढुवानी (दलाल)ले समान्य प्यान दर्ताकै भरमा खरीदकर्ता संगको मिलोमतोमा ढुवानी सेवाको भ्याट बिनै ढुवानी कारोबार गर्ने गर्ने गरेका छन् ।
पथलैया बिरगंज औधोगीक करीडोर र पुर्ब क्षेत्रबाट राजस्व छली आएकाहरुको निगरानी गर्ने बाराको पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयले हाल सम्म ढुवानी सेवाको भ्याट बापतको करोडौ राजस्व दैनीक गुम्दा समेत कारवाही थालेको छैन ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले नेपालमा करीब ६५ हजार मालबाहक ढुवानीका साधन संचालनमा रहेको जनाए अनुसार एउटा १० चक्के लोड ट्रकले दैनीक ढुवानी सेवा दिए बापत करीब दुई देखी ४ हजार सम्म भाडाबाट भ्याट राजस्वमा जम्मा हुने तथ्यांकले देखाएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले गत जेठ १५ गते प्रस्तुत गरेको आव २०७७–०७८ को बजेटमा ढुवानी सेवामा मूअकर लाग्ने अवधारणालाई निरन्तरता दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्