सुनको मूल्य एक वर्षमै ३२ हजार बढ्यो

पछिल्लो एक वर्षमा सुनको मूल्य प्रतितोलामा ३२ हजार रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । गत वर्ष यहिबेला प्रतितोला ६४ हजार रुपैयाँ रहेको सुनको मूल्य आइतबार तोलामा ३२ हजार ३ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार ९५ हजार ८ सय रुपैयाँ कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ५ सय रुपैयाँ बढेर ९६ हजार ३ सय पुगेको छ ।
एक वर्षमा लगातार बढेर सुन एक लाख नजिक पुगेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले एक वर्षमा सुनको मूल्य तोलामा ३२ हजार रुपैयाँ बढेको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा पनि मूल्य बढ्दै गएको उनको भनाई छ । कोभिड १९ले गर्दा सुनमा लगानीकर्ता आकर्षित हुँदै गएपछि मूल्य बढ्न गएको उनको भनाई छ ।
दुई हप्तामा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआंैंश एक सय डलर बढेको छ । महासंघका अनुसार पछिल्लो दुई सातामा सुनको मूल्य १ हजार ८ सय दुई डलर बाट बढेर एक हजार ९ सय १ डलर पुगेको पुगेको । लगातार मूल्य बढेकाले एक दुई साता भित्रमा सुनको मूल्य एक लाख पुग्ने शाक्यले जानकारी दिए । विश्वभर फैलिएको कोरोना भाइरसका कारण सुरक्षित लगानीको क्षेत्र भन्दै लगानीकर्ताले लगानी गर्न थालेपछि मूल्य निरन्तररुपमा उकालो लाग्दै आएको छ । व्यवसायीका अनुसार सुनलाई सुरक्षित लगानी मानिन्छ ।अन्तर्राष्ट्रिय बजारमा देखिने अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ता सुरक्षित हुन खोज्छन् । अन्य क्षेत्रको लगानी झिकेर सुनमा बढाउँदा मूल्य बढ्नु गएको व्यवसायीको भनाई छ ।
कोरोनाका कारण विश्व अर्थतन्त्रलाई नै शिथिल बनाएको छ । यस्तै हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव पनि सुनको मूल्य बढ्नुको अर्को कारण रहेको शाक्यको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा २ हजार डलर पुग्दा यहाँ प्रतितोला करिब १ लाख रुपैयाँसम्म पुग्ने महासंघको दाबी छ ।
०७७ सालको अन्तिमसम्म २२ सय डलर पुग्ने प्रक्षेपण गरिएको छ । नेपाली बजारमा १ लाख २५ हजार रुपैयाँसम्म पुग्ने व्यवसायीले अनुमान गरेका छन् । महासंघका अनुसार ०७६ सालको सुरुवातमा ७५ हजारदेखि ७७ हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । सरकारले चैत ११ देखि लकडाउनको घोषणा गरेपछि महासंघले चैत १० देखि मूल्य तोकेन । १० गते प्रतितोला ७७ हजार हजार रुपैयाँ थियो । महासंघले जेठ २५ मा पुनः मूल्य तोक्यो । बजार खुलेलगत्तै मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुग्यो । अहिले डेढ महिनाभित्रै ९६ हजार ३ सय रुपैयाँ पुगेको छ ।
लकडाउन खुला भएपछि मूल्य बढेकाले स्थानीय बजारमा सुनको कारोबार नै ठप्प भएको व्यवसायीको भनाई छ । सामान्य अवस्थामा दैनिक ३० देखि ४० किलो सुन बिक्री हुने गरेकोमा अहिले मुस्किलले दिनमा पाँच केजी बिक्री हुने गरेको व्यवसायीको भनाई छ । लकडाउनका कारण लामो समय देखि व्यापार व्यवसाय बन्द भई आम उपभोक्तासँग आम्दानी नहुँदा सुन खरिद गर्न सकेका छैन । सधैँजसो भीडभाड हुने न्यु रोडका सुन पसलमा अहिले मूल्य बढेकाले कारोबार नै ठप्प भएको छ । लकडाउनले तिन महिना बन्द भएर खुला भएको सुनचाँदी व्यवसाय मूल्य बढेकाले कारोबार नहुँदा व्यवसाय गर्ने कठिन परेको व्यवसायी बताउँछन् ।

पुराना गहना बेच्नेको भीड
बजारमा लगातार सुनको मूल्य बढ्दै गएपछि नयाँ गहना किन्ने भन्दा पनि पुराना गहना बिक्री गर्ने ग्राहकको भीडभाड लाग्ने गरेको छ । न्युरोडका सुनपसलमा अहिले पुराना गहना बिक्री गर्नेको भीड लाग्ने गरेको छ । लकडाउनका कारण लामो समयदेखि व्यापार व्यसाय बन्द हुँदा घरखर्च चलाउनका लागि पुराना गहना बिक्री गर्न आउने गरेको व्यवसायी बताउँछन् ।