सेयर बजार ५८ अंकले घट्यो

गत साता नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३८६९ कारोबारबाट एक अर्ब ७२ करोड पाँच लाख २८ हजार रुपैयाँ बराबरका ४६ लाख दुई हजार छ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३२.९९ प्रतिशत बढि हो । गत साता १७४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १७२८७ कारोबारबाट एक अर्ब २९ करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरका ३३ लाख ३९ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।काठमाडौं । गत साता नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३८६९ कारोबारबाट एक अर्ब ७२ करोड पाँच लाख २८ हजार रुपैयाँ बराबरका ४६ लाख दुई हजार छ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३२.९९ प्रतिशत बढि हो । गत साता १७४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १७२८७ कारोबारबाट एक अर्ब २९ करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरका ३३ लाख ३९ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५८.५२ अंकले घटेर अन्तिम दिन १२२०.४४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १२.०६ अंकले घटेर २६०.४१ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (१६ करोड ५८ लाख २० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख १४ हजार कित्ता) को आधारमा पनि नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१८८७ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।