आइफोन एसई २०२० नेपाली बजारमा «

आइफोन एसई २०२० नेपाली बजारमा

एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्युनिकेसन प्रालिले नेपालमा वर्षौैदेखि बजारमा एप्पलका असली उत्पादनहरु बिक्री गर्दै आएको छ ।
नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को एक मात्र वितरक जेननेक्स्टले आइफोन नेपालमा आईफोन एसई सार्वजनिक गरेको छ । यो ६४ जीबी, १२८ जीबी र २५६ जीबीमा कालो, सेतो र रातो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ग्राहकलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद, सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनमा १ वर्षको वारेन्टिका लागि अनुरोध गर्दै कम्पनीले ग्राहकलाई सक्कली बिल मात्र लिन अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्