पर्सामा कोरोना संक्रमित थपिँदै थप नौ जनामा संक्रमण फेला «

पर्सामा कोरोना संक्रमित थपिँदै थप नौ जनामा संक्रमण फेला

पर्सामा फेरि थप ९ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित थपिएका छन् । मंगलबार नारायणी अस्पतालको प्रयोगशालामा गरीको पीसीआर परीक्षणमा नौ जनामा संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
थपिएका संक्रमितहरूमा पर्सा जेल रोडका ४७ वर्षीय पुरुष, नारायणी अस्पतालकै सफाइ कर्मचारी ३५ वर्षीय पुरुष, पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ निचुटाका ५५ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका–२१ लिपनीवीर्ता परवानीपुरका ३५ वर्षीय पुरुष, सखुवा प्रसौनी गाउँपालिका–३ कौवावन कटैयाका ३१ वर्षीय पुरुष, बाराको सिम्रौनगढ नगरपालिका–८ कचोर्वाका २९ वर्षीय पुरुष, बाराकै परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय पुरुष, प्रसौनी गाउँपालिका–४ का ३० वर्षीय पुरुष र वीरगन्जको जगदम्बा इन्टरप्राइजेजका कर्मचारी ५६ वर्षीय पुरुष छन् । संक्रमित मध्य तीन जना बाराका रहेका छन् ।
पर्सा स्थायी ठेगाना भएका तथा अन्य जिल्ला स्थायी ठेगाना भएर पर्सामा विभिन्न पेसा, व्यवसाय गरी आएका गरी कुल ९ जना रहेको पर्साका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, “थपिएका संक्रमितहरू कोही वीरगन्जका स्थानीय र स्थायी ठेगाना अन्य जिल्ला भई विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरू हुन् ।” स्वेच्छाले चेकजाँच गराएका उनीहरूको यात्रा इतिहास समेत नभएकोले निकै गम्भीर बन्नुपर्ने अवस्था सिर्जना भएको सहायक प्रजिअ बस्नेतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्