दराज र ई–सेवाले ल्यायो १ रुपैयाँमा आइफोन एसई जित्ने मौका «

दराज र ई–सेवाले ल्यायो १ रुपैयाँमा आइफोन एसई जित्ने मौका

अनलाइन बजार कम्पनी दराज र अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले १ रुपैयाँमा नयाँ आइफोन एसई जित्न सकिने रोमाञ्चक ‘वान रुपी गेम’ को अवसर ल्याएका छन् ।
भाग लिन ग्राहकहरूले दराजमा आइफोन रुपैयाँ १ प्रोमोकोड लगाई आइफोन एसई १ रुपैयाँमा ई–सेवाबाट भुक्तानी गरी अर्डर गर्नुपर्ने हुन्छ । यो योजना आज ७ साउनदेखि १२ सम्म उपलब्ध हुनेछ । विजेताको घोषणा १६ साउनमा दराज एप र दराज नेपालको फेसबुक पेजमार्फत गरिने जनाइएको छ । विजेता घोषित भएपछि सबै सहभागीले आफ्नो ई–सेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन् ।
यसका साथै ग्राहकहरूले १२ साउनदेखि १९ सम्म चल्ने दराज महाबचत बजार अभियानअन्तर्गत दराजमा कुनै पनि समानको रकम ई–सेवामार्फत तिर्दा १ हजार रुपैयाँसम्मको छुट पाउन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्