सार्वजनिक स्थलमा बेइजिङप्रति पड्किन्छन् ट्रम्प, उनकै कम्पनीले चीनबाट किन्छन् टनका टन सामग्री «

सार्वजनिक स्थलमा बेइजिङप्रति पड्किन्छन् ट्रम्प, उनकै कम्पनीले चीनबाट किन्छन् टनका टन सामग्री

वासिङटन-डोनाल्ड ट्रम्पले चीनमाथि आफु खरो भएको बताउदै आएका छन् र बेइजिङसँग उनको व्यापार मोलमलाईले अमेरिकीको दैनिकीलाई फाइदा हुने बताउदै आएका छन् । तर उनकै स्वामित्व रहेका सम्पत्तिहरुले चीनसँगको व्यापार घाटा बढाउनका लागि सहयोग गर्दै आएका छन् ।
गत वर्षको सेप्टेम्बरदेखि अमेरिकामा रहेको ट्रम्पका सम्पत्तिले चीनबाट ८ टन भन्दा बढी सामग्री आयात गरेका छन् । अमेरिकामा आयात गर्ने कम्पनीहरुको सूचना संग्रह गर्ने संस्था इम्पोर्टजिनियसले संकलन गरेको तथ्यांकको आधारमा यो निश्कर्ष निकालिएको हो । चीनलाई पछार्ने कोकोहोला गर्दै आएका ट्रम्पकै सम्पत्तिहरुको सजावटका लागि चीनबाट सामग्री आयात हुने गरेका छन् ।
गत शरद ऋतुमा न्यूयोर्कमा रहेको ट्रम्प इन्टरनेशनल होटलका लागि चीनबाट ६ टन टेबुलको आपूर्ति भएको थियो । सोही दिन ट्रम्पले ट्वीटमा भनेका थिए,“चीनसँगको मोलमलाईमा हामीले राम्रो गरिरहेका छौ ।”
चिनियाँ पंजा
दुई महिना अगाडि मात्रै ट्रम्पको ट्रम्प नेशनल गल्फ क्लब लस एन्जलसमा सांघाईबाट २ टन काठ र सीसाको सोकेश क्याबिनेट आएको थियो । कोरोनाभाइरसको महामारीप्रति पनि ट्रम्पले चीनमाथिनै दोषारोपण गर्दै आएका छन् ।
राष्ट्रपति भएपछि उनले आफ्नो बिजनेस साम्राज्य छोराहरुलाई हस्तान्तरण गरेको बताउदै आएका छन् । तर कतिपय कम्पनीमा अझैपनि उनको हिस्सा रहदै आएको छ ।
ट्रम्पका व्यवसायले गरेको आयात आर्थिक राष्ट्रवादको.उनको नारा ‘मेक अमेरिका ग्रेट अगेन’सँग अमिल्दो देखिएको छ ।
उनको आफ्नै क्याबिनेटबाट पनि चीनसँग व्यापार नगर्न सचेत गराएको अवस्थामा ट्रम्पका संगठनले गरेको चिनियाँ खरिद विवादास्पद देखिएको छ । यो विषयमा न त ह्वाइट हाउसले न त ट्रम्पका संगठनहरुलेनै टिप्पणी गरेका छन् ।
महान्याधिवक्ता विलियम बारले हलिउड र सिलिकन भ्यालीालई चीनको पंजामा परेको बिहीबारको भाषणमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्